Friday, February 27, 2009

प्रेमभित्रको प्रेम... !.

शिव प्रकाश

तिमी भन्छौ‌–
म देशप्रेमी हुँ
तर तिमीबाटै त्यो देश
निरन्तर किन वलत्कृत भइरहेछ ?
तिमी प्रेमको परिभाषा दिन्छौ‌–
प्रेममा समानता हुनु पर्छ,
तर तिम्रालागि आमाभन्दा स्वास्नी
किन अधिक प्रिय भइरहेछ ?
तिमी भन्छौ –
म प्रेमको पुजारी हुँ,
सम्मान गर्छु नारी अस्मिताको
तर तिमीबाटै त्यो नारी अस्मिता
किन लगातार लुटिइरहेछ ?
तिम्रो बोली बोल्छ –
प्रेममा पाप हुनु हुदैन
तर तिमीले प्रेम गरेको
त्यो देश र नारीलाई
तिम्रो व्यवाहारले वारम्वार
किन वलत्कार गरिरहेछ ?
तिमी अझै भन्छौ –
प्रेमको अर्थ
घात आधात र प्रतिघात हैन
वलत्कार हैन
हो त्यसैले सायद
तिम्रो जस्तो निश्वार्थ प्रेम
अरुले गर्दैन .........
मान्छेभित्र कुमान्छे लुकेजस्तै !

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !