Tuesday, March 10, 2009

खोला र तिर्खा

शिव प्रकाश

प्रिये ! सधै‌ किन तिमी
आफुमात्र खोला बनिरहन्छौ‌,
भन प्रिये, सधै किन
मालाई मात्र तिर्खा बनाइरहन्छौ ?
सायद तिमी पनि त तिर्खाएकी हुन्छौ !

प्रिये ! तिर्खा नलाग्दो हो त
सायद खोलाको महत्व नै के हुँदो हो,
हो, प्रिये खोला नहुदो हो त
तिर्खा सायद सधै‌ तिर्खाइनै रहँदो हो ।
प्रिये खोला र तिर्खा
अद्भूत प्रेमीप्रेमिका हुन्
हो, प्रिये खोला र तिर्खा
प्रेमका अनुपम उपमा हुन् ।

प्रिये, जव समाहित हुन्छन्
खोला र तिर्खा प्रणयप्रेममा
अनि कहिले तिर्खा खोला बनेर बहन्छ
अनि कहिले खोला
तिर्खा बनेर प्यास मेटाउँछ ।
प्रिये खोला र तिर्खा
यसरी नै आफूआफूमा भावन साट्छन्
यसरी नै आफूभित्र अर्कोलाई
अर्कोभित्र आफूलाई भेटाउँछन्
हो, प्रिये खोला र तिर्खा
यसरी नै बाँचेका हुन्छन् ।
हो, प्रिये खोला र तिर्खा
यसरी नै बाँचेर हाँसेका हुन्छन् ।

बोस्टन अमेरिका ।

1 comment:

  1. भावनमा वहन शिभ जी! तपाई पनी खपिस नै हुनु हुदो रहेछ ... तिर्खा भनौ वा प्यास लागेको चाहि पकै हो - अनि त्यो पनी गजब को ।
    साचै - खोला र तिर्खाप्रेमका अनुपम उपमा हुन् । प्रतीकात्मक शब्द को प्रयोग बडो रमाइलो पाराले गर्नु भएको छ ... जसले प्रेम लाइ परिभाषित गरेको छ ।

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !