Wednesday, March 25, 2009

शासक


शिव प्रकाश
गाँस माँगे
पेट भर्न
गोली दियौ 

कपास माँगे
शरीर ढाक्न
नेल दियौ

छानो माँगे
टाउको ओत्न
जेल दियौ

अधिकार माँगे
स्वतन्त्र वाँच्न
मृत्यु दियौ

हो मैले सुनेको
तिमी यस्तै हुन्छौ
किनभने
तिमी शासक हौ

1 comment:

  1. सीभ जी को रचना निकै उतम लागे .... शासक । तर एउटा कुरा ... अनि अपलोड गर्दा एकै पल्ट सबै नगरेर .... २/४ दिनको फरक मा गारे राम्रो होला की ? किन भने आफ्नो पोस्ट मित्र हरुलाई पनी स्टडी गर्न दिनु परला नि हैन र? र सधै तपाई का कलम हरु ... नया नया सिर्जना को लागी चली रहोस । धन्यवाद ।

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !