Friday, March 13, 2009

नहुने बेलामा...

शिव प्रकाश

बन्द हुनु पर्ने
सधै‍ खुल्ला छ,
खुल्ला हुनु पर्ने
सधै‌ बन्द छ ।

बन्द छ नेपाल सधै
खुल्ला छ सि‌‌हदरवार,
बन्द छ जनअधिकार सधै‌
खुल्ला छ देश बेच्ने कारोबार ।

बन्द छन् सधै गाउँघरमा
ज्योतिपुञ्ज पाठशालाहरु,
खुल्ला छन् सधै शहरका
गल्लीगल्लीमा यौनशालाहरु ।

बन्द हुदैन बन्द कहिल्यै
प्रचण्ड विखण्डनका स्वोरहरु
खुल्ला चलेखेल गरिरहेछन्
सधै तिनै नयाँपुराना चोरहरु

बन्द हुनु पर्ने सधै‍ खुल्ला छ
खुल्ला हुनु पर्ने सधै‌ बन्द छ,
नहुने बेलामा यस्तै हुन्छ
गाई कुटिन्छ भै‌सी पुजिन्छ !

हाल बोस्टन/अमेरिका

2 comments:

  1. नहुने बेला मा यस्तै हो शिव प्रकाश जी !
    अब हुनेलाई नहुने र नहुनेलाई चाँहि हुने बनाउनु पर्छ ।

    ReplyDelete
  2. पूरा कबिताको थीम मन पर्यो...

    अन्त्यमा भन्न खोजेको कुरा त बेग्लै होला...मेरो बिचार मा गाई पुज्नु राम्रो हो तर भैंसी लाई कुट्नै पर्छ भन्ने छैन

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !