Wednesday, March 25, 2009

मान्छेको परिचय

शिव प्रकाश

मान्छे
जब बोल्छ तिमीसँग
तिमी मान्छेसँग
थोरै परिचित हुन्छौं !

त्यही मान्छे
जब चल्छ तिमीसँग
बोलेभन्दा थोरै बढी
परिचित हुन्छौं

त्यही मान्छे
जब खेल्छ तिमीसँग
चलेभन्दा थोरै बढी
परिचित हुन्छौं

त्यही मान्छे
जब झेल्छौ तिमीले
झेलेपछि मात्र
मान्छेको पूर्ण परिचय
तिमीले पाउँछौं !

1 comment:

  1. ... भावना सही नैछन तर टाइटल चाहि मान्छे मात्र राखेको भए हुन्थियो की? शिव जी ।

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !