Saturday, March 21, 2009

भुक्तान गर सम्भोगका मूल्यहरु

शिव प्रकाश

खेल्यौ, धेरै खेल्यौ
नाङ्गा शरिरका आदिम खेलहरु
यौवनका उर्जाहरु
विषाक्त वीर्य बनेर
पोखिए, धेरै पोखिए तिम्रा
कुलघरानाहरुमा, दरवारहरुमा, महलहरुमा
हाम्रा वस्तीहरुमा, वस्तीका झुप्राहरुमा ।
थकायौ, धेरै थकायौ
आफ्ना बलिष्ठ पाखुराहरु
आधुनिक उर्वसीहरुका उर्ध्यमुखी
वक्षका पोटिला पीण्डहरुमा
झोस्यौ, धेरै झोस्यौ
उत्तेजनाका आगोहरु
जताततै ती उष्ण कुण्डहरुमा
भयौ, धेरैधेरै आनन्दित भयौ
लिंगपानका कामुक स्वादहरुमा
भए, धेरैधेरै तप्प भए
यौवनका रापहरु
तिम्रा अनियन्त्रित सम्भोगका फगत खुशीहरुमा
जन्मायौ धरैधेरै जन्मायौ
यो निरिह धरतिमा
मान्छे चिथोर्ने मान्छेहरु
मान्छे टोक्ने मान्छेहरु
पशुत्वलाई पुरुषत्व देख्ने छोराहरु
नग्नतालाई नारित्व मान्ने छोरीहरु
मान्छेविनाका मान्छेहरु
उस्ताद् ति वीरविरङ्गनाहरु
नायक नायिकाहरु !
तमासा हेरिरहेछौ आफ्नै
अनाहक अहिले बाँचेर
भुक्तान गर सम्भोगका मूल्यहरु
हाँसेर बौलाएर
आफूभित्र आफै‌ मरेर...... !

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !