Monday, March 23, 2009

मान्छे र ईश्वर



शिव प्रकाश

मान्छे हौ भने तिमी
खोल आँखा
यो संसार
तिमीले नहेरी हुदैन,
ईश्वर हौ भने तिमी
चिम्ल आँखा
यो संसार
हेर्ने साहस तिमीमा छैन ।

विभत्स यो संसार !
मान्छे
हेरेर रमाइरहेछ
ईश्वर,
हेर्न डराइरहेछ ।

सधै‌ व्युँझिएको मान्छे सामू
सधैं आँखा चिम्लिएको ईश्वर
निदाएको हैन
डराएको मात्र हो !

(अश्रृंगार कविता अभियान … )

(मधुपर्क)

1 comment:

  1. तपाई को हार्दिक स्वागत छ.
    Humans are made for to live in society and without love we can't grow in society. Yes, Love Everyone.

    Regards
    (Sulabh)

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !