Sunday, March 22, 2009

मान्छे, मान्छे र मान्छे

शिव प्रकाश

मान्छे
मान्छे जस्तो भइदिए
मान्छे सायद
मान्छे हुने थियो,
तर मान्छे
मान्छे जस्तै भए पनि
मान्छे सायद
मान्छे हुने थिएन !
मान्छेभित्रको मान्छे र मान्छे
फरक छ मान्छे,
मान्छे बाँच्छ आफैमा
अरुलाई मारेर
मान्छे हाँस्छ आफै‌मा
अरुलाई रुवाएर ।
मान्छे, मान्छे जस्तै हुन्छ
तर मान्छेभित्र मान्छे हुदैन
मान्छे, मान्छे जस्तै देखिन्छ
तर मान्छेभित्र मान्छे भेटिदैन
भिन्नताभित्र अन्तरसम्वन्ध छ
मान्छे, मान्छे र मान्छेमा
मान्छेलाई नै थाह छैन
यथार्थमा मान्छे,
मान्छे हो कि होइन ?
मान्छे र मान्छेभित्र
एउटा बाँच्छ दुइटा मान्छे
त्यही मान्छे र मान्छेभित्र
दुइटा भोग्छ एउटा मान्छे !

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !