Wednesday, March 25, 2009

मृत्यु बोकेका खुशीहरु

फणिन्द्र पौड्याल


एकै हुन्

मान्छे र खुशी

मान्छे सबै मान्छे जस्ता छैनन्

खुशी सधै‌ खुशी जस्ता हुदैनन्

खुशीहरु, खुशी पनि हुन सक्छन्

मान्छे जस्तै....

खुशीहरु, वेखुशी पनि हुन् सक्छ्न्

कुमान्छे जस्तै ....

खुशीहरु आउँन पनि सक्छन्

खुशीहरु आउनै नपाइ

मरेर जान पनि सक्छन्

मान्छे जस्तै खुशीहरु

मृत्यु बोकेर आएका हुन्छन् ।

यदाकदा खुशीहरु

साच्चिकै खुशी भएर जीवन चाहर्छन्

खुशी देख्न आएका मान्छेलाई

कहिलेकाँही ति खुशीहरु मात्र जिस्क्याएर जान्छन् ।

शुखले दुःख लुकाएर ल्याए जस्तै

खुशीहरुले बेखुशी लुकाएर ल्याउँदा रहेछन्

अनि खुशीहरु खुशी मुस्कुराउन नपाउँदै

बेखुशीहरुले खुशीहरुलाई

भित्रभित्र रुवाउँदा रहेछन् ।

मान्छे जस्तै खुशीहरुका साथी र शत्रु

मान्छे नै हुँदा रहेछन्

मान्छेको खुशीमा जल्ने

मान्छे आफै‌ खुशीका घाँटी निमोठ्दा रहेछन्

मान्छे जस्तै खुशीहरु पनि

मृत्यु बोकेर आएका हुँदारहेछन् ।

1 comment:

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !