Monday, March 30, 2009

बेकाम मान्छे !


शिव प्रकाश


बन्द गर मेरो मुख
के काम तिमीलाई
गाउन सक्दैन
भाटभजन तिम्रो
मेरो मुखले !
चुडाल मेरो जिब्रो
के काम तिमीलाई
विद्रोहमात्र ओकल्छ
तिम्रा विरुद्द
मरो जिब्रोले !
फुटाल मेरा आँखा
के काम तिमीलाई
हेर्न सक्दैनन्
नग्नरुप तिम्रो
मेरा आँखाले !
काट मेरा हात
के काम तिमीलाई
लेख्न सक्दैनन्
विरुदावली तिम्रो
मेरा हातले !
भाँच मेरा खुट्टा
के काम तिमीलाई
अनुशरण गर्न सकदैनन्
तिम्रा पदचापको
मेरा खुट्टाले !
हुन्छ मार मलाई
म के काम तिमीलाई
बेकाम मात्र हैन
व्यवधान भएको छु
म तिम्रा लागि !

3 comments:

  1. त्यति साह्रो ... निराशा चाहि राख्नु हुदैन है शिव जी ... बेकम्मा कुनै पनी बस्तु हुदैन तर भावना राम्रो छ ।

    ReplyDelete
  2. बेदनाथ दाइले निराशा राख्‍नुहुँदैन भन्नुभएछ तर स्वयम् धेरै निराशावादी लेख्‍नुहुन्छ है !! हा हा !!
    धेरै राम्रो लाग्यो कविता अनि बेदनाथ दाइको कमेन्टसँग सहमत छु ।

    ReplyDelete
  3. मित्रहरु वेदनाथजी र प्रवेश उजेलीजीप्रति साधुवादको सलाम !

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !