Sunday, March 22, 2009

यथार्थत....

शिव प्रकाश

म जे सोच्छु
त्यो हुदै हुन्न
जे हुन्छ त्यो
मैले सोचेकै हुन्न ।
म जे चाहन्छु
त्यो पाउँदै पाउन्न
जे पाउँछु त्यो
मैले चाहेकै हुन्न ।
म जे खोज्छु
त्यो भेटिदै भेटिन्न
जे भेट्छु त्यो
मैले खोजेकै हुन्न ।
म जे देख्छु
त्यो हेर्नै चाहन्न
जे चाहन्छु त्यो
म देख्दैदेख्दिन ।
म मान्छेभित्र
सधै‌ मान्छे खोजिरहेछु
तर मैले खोजेको मान्छे
यथार्थतः अहिलेसम्म पाउँदै पाइन !

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !