Saturday, March 21, 2009

मान्छेको जंगल

शिव प्रकाश

वस्ती छैन
उजाडिसकेको छ
मान्छे छैन
मरिसकेह्को छ
तर मान्छेका छाला लपेटेर
उम्रदैछ मान्छे
मान्छेको ज‌ंगलमा ।
त्यो वस्ती, वस्ती हुदैन
जहाँ मान्छे छैन
त्यो वस्ती, वस्तीमात्र हुन्छ
मान्छेविनाको वस्ती
अर्थात जसलाई
मान्छेको जंगल भनिन्छ ।
चितुवाहरु, व्बाँसाहरु
बाघहरु, भालुहरु
गोहीहरु, अजिङगरहरु
र, छेपाराहरु
सबै छन् त्यो जंगलमा
मान्छेको भेषमा
मान्छेको जंगलमा ।
फरक छ मान्छे र मान्छेमा
धेरै छन् मान्छे
धेरै मान्छेभित्र
धेरै थोरै छन् मान्छे
गान्धी, टाल्सटाय मान्छे भए
मान्छे कृष्ण ईश्वर भए
बसाए एउटा नयाँ वस्ती
मान्छेको वस्तीऽ
उजाडे आखिर मान्छेले नै
मान्छेको त्यो वस्ती
र, म बाँचेर मरिरहेछु
मान्छेविनाको मान्छेको वस्तीमा
अर्थात मान्छेको जंगलमा !

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !