Wednesday, March 25, 2009

ईश्वर, मान्छे र बन्दुक


शिव प्रकाश
ईश्वरको सृजना मान्छे !  
 मान्छेको सृजना बन्दुक !    
आफ्नै उत्कृष्ठ सृजना   
मान्छे
ईश्वर अहिले आफ्नै अवसान भोगिरहेछ  
मान्छे 
उनै ईश्वरलाई
छलेर / ढाटेर/ बेचेर खाइरहेछ 
  कति महान् छ ईश्वर  
यिनै मान्छेलाई क्षमा गरिरहेछ !  
आफ्नै महान् सृजना बन्दुकद्वारा 
मान्छे अहिले आफ्नै मृत्यु बोलाइहरेछ  
बन्दुक अहिले उही मान्छेलाई  
अत्याइरहेछ / ढालिरेहछ / मारिरहेछ 
  कति मुर्ख छ मान्छे आफ्नो मृत्यु आफैं निम्त्याइरहेछ !
ईश्वरले बनाएको मान्छे  
ईश्वरकै लागि भयकारी भएको छ 
  मान्छेले बनाएको बन्दुक   
अपराध वा भूल मान्छे बनाउनु ईश्वरको,
कि बन्दुक बनाउनु मान्छेको !  
आफैंले खनेको खाल्डोमा  
ईश्वर र मान्छे अहिले आफैं परिरहेछ
तर ईश्वर र मान्छे अझै किन त्यही खाल्डो खनिरहेछ ?

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !