Sunday, March 22, 2009

नाङ्गो शहर

शिव प्रकाश

अडेको छ -
आडम्बरको कमजोड आडमा
बाँचेको छ -
अर्काको श्रममा
हाँसेको छ -
कोरा भ्रममा
निर्लज्ज नाचेको
निर्वस्त्र नाङ्गो छ -
नाङ्गो शहर !

विताउँछ रातहरु
चिथोर्न च्यात्नमा,
चलाउँछ हातहरु
विगार्न भत्काउनमा,
किनेको छ सस्तोमा
गाउँका दुखपीडाहरु
मँहगो छ -
नाङ्गो शहर !

ओढेको छ -
आधुनिकताको आवरण
अँगालेको छ -
यौनका नविन संस्करण
नाङ्गो सम्राट बनेर
नाङ्गो राज गरिरहेछ
अँध्यारोभित्र
नाङ्गो शहर !

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !