Wednesday, April 1, 2009

रगत पानी


शिव प्रकाश


मुहानहरु
सुकिरहेछन् पानीका
फुटिरहेछन् रगतका
देश अहिले पनि
निरन्तर नुहाइहरेछ रगतले ।
पानीपानी छ
तर खै कहाँ छ पानी ?
छताछुल्ल छ अझै रगतको बाढी
देश अहिलेसम्म
निथुक्क भिजेको छ रगतले ।
पानी ! पानी !! पानी !!!
तर खै कहाँ छ पानी ?
मान्छे डराउँछ
रगत पिउन
तर देश
तिर्खा मेटिरहेछ
रगतले... !
पानी ! पानी !1 पानी !!!
पानी नै पानी
तर खै कहाँ छ पानी ?
रगतै रगत
खोला कुवा धारा पँधेरा
रगतै रगत
पानीभान्दा सस्तो भएको छ
रगत ....
मान्छेको रगत .... !


1 comment:

  1. हिजो बातो म एउटा कुकुर लाई बीके ले किचेछ...कुकुरको टाउको थिल्थिलो भएर सड़क भरी रगत थियो...एउटा केटा ले छेउमा लेरायो...मान्छेको भीड़ थियो...त्यों केटा को हातभरि रगत लागेको थियो...कुकुर मर्न लागेको रहेछ तर सास जान सकेको थिएन...वा वा गरेर कराउन थाल्यो...मानिस हरु च च गरिरहेका थिए...मलाई अनौठो लाग्यो...एउटा दुर्घटना म परेको कुकुर प्रति यस्तो सहानुभूति...तर प्रतेक दिन हजारौ जनावर र मानिसहरुलाइ कसरी सास्ती दिन सक्छ मानिस ?

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !