Wednesday, May 27, 2009

जुलुसहरुको पाठशाला !


शिव प्रकाश


जिन्दावाद Û मुर्दावाद Û

नारा, जुलुकोको पढाइ........

रत्नपार्क, रत्नराज्य, रानीपोखरी

सुविधसम्पन्न प्रयोगशालाहरु ...

इँटाढुङ्गा, लाठीचार्ज, टियरग्यास

भीषण प्रयोगात्मक परीक्षा Û

रङ्गहिन चित्र

आकृतिहिन मूर्तिको

अपरिभाषित विम्वात्मक भविष्य

छतविक्षत आकृति

फुटेको एैना हो

मान्छेको अनुहार

अँध्यारो इन्द्रेनी

छैन नौलो कुनै बिहानी

अनौठो लाग्दैन अब

मान्छे हराएको सूचना !

जुलुसहरुको पाठशालामा

निरन्तर जुलुलx?को जुलुस पढ्दै

अघिबढिरहेछ नाराजुलुसको पढाइ Û

बलैक्वाक क्षमताwf/L

सि‌हदरबारका पागल इन्चार्जहरुका

भरपर्दो सहारा हुन्

टोटे ति बाँदरका वंशहरु

निमग्न मोहित जपिरहेछन् तन्त्रमन्त्रहरु

नाराजुलुका बटुकहरु !

सिंह, मान्छे हैन

जनावर हो

विश्वास छैन मान्छेलाई

दरवारभित्र मान्छे हुदैन

शासक हुन्छ

बन्द छन् सधै‌ पाठशाx?

खुल्ला छन् वरिपरी

वधशाला, मदशाला र यौनशालाहरु

मान्छे त्यहाँ पशु ठानिन्छ

खुल्ला यौन सम्पर्क गरिरेहेछन्

निर्लज्ज जनावरहरु

तर मान्छे हाँसिरहेछ .. Û

अन्धाकर विरुद्द

टायरको कालो तुवाँलो

अनन्त अँध्यारो शहरभित्र

बाँदरको वंश निरन्तर पढिरहेछ

जुलुसहरुको जुलुस,

ढुङ्गामुढा तोडफोड निरन्तर धोकिरहेछन्

जुलुसहरुको पाठशालामा

पढाइ निरन्तर छ ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !