Sunday, June 7, 2009

मेरी छोरी


शिव प्रकाश


के भो त,
पागल भएर
अर्थात
मस्तिष्क नभएर
उ मेरी छोरी हो
किन चाहियो मस्तिष्क ?

भो नउठाउ प्रश्न
योग्यता र क्षमाताको
उ मेरी छोरी हुनु नै
योग्य र सक्षम हनु हैन ?

भो, भो
त्यागको कुरा नगर
उ छोरी नै मेरी भएपछि
त्याग अब केका लागि ?

राजनीति हो,
राजनीतिमा …
असुहाउँदो नै को छ र ?
नमिल्दो नै के छ र ?
नहुदो नै के छ र ?
नपत्याए मलाई नै हेर
म जस्तै अरूलाई हेर
आखिर फरक नै के छ र ?

त्यसैले त
भनिन्छ नि
राजनीतिमा
असम्भव नै के छ र ?


(अश्रृंगार" कविता अभियान .....)







2 comments:

  1. बाच्नु मात्र पर्छ के के देख्न र भोग्न पाईन्छ। त्यस्तै भएको होला आहिले

    ReplyDelete
  2. मज्जाको व्यंग गर्नु भएको रहेछ...

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !