Tuesday, June 9, 2009

“र” उसको नाउँ भारत हो


शिव प्रकाश

असल मित्र हो
उ मेरो
समवेत दुःख पोख्छ
रुन्छ मेरो दुःखमा
दुःखको अवरणले ढाक्छ आफूलाई
चुहाउँदै गोही आँशु भित्रभित्रै
हास्छ, नाच्छ, रमाउँछ
मेरो सुखमा.
उमङ्गभाव खुशी देखाउँछ
खेलाउँदै सुपर्णखा र शकुनीहरु भित्रभित्रै
स्वागत द्वारमा विषकुम्भहरु भेरर
शतरंजाहरु फैलाएर वैठकमा
बस्छ मेरो खुशीमा खुशी वाड्न
आदि ....... इत्यादि ……!
असल मित्र हो
उ मेरो
आगो लाग्दा मेरो घरमा
बाल्टी बोकेर अगाडि उही आउँछ
तल्तिरबाट आगो सल्काउन
अगुल्टो उसैले झोसेको हुन्छ
पछिल्तिरबाट मट्टीतेल खन्याउन
खेताला उसैले खटाएको हुन्छ
घर झगडा सधैं मेरो
मिलाउँन मित्र बनेर
भित्रभित्र धुरा पस्छ
मुखले राम राम “राम” बोल्छ
भित्रभित्रै त “र” “वार” चलाउँछ
सुखदुःखको साथी
असल मित्र हो
उ मेरो
मित्र मात्र होइन भाइ सम्झन्छु
म उसलाई भ्राता भरत देख्छु
तर उसको नाउँ भरत होइन,
भारत हो !
हो, उसको नाउँ भारत हो !
“र” उसको नाउँ भारत हो ! !
र, भारतको नाउँ "र" हो ! ! !


( हुन त यो धेरै अधि लेखेको कविता हो तर भारतको ज्यादती सधैं रहिरहेकोले सधैं जसो सान्दर्भिक हुन आएको हो कि - धन्यवाद )

4 comments:

  1. आहा कती मिठो कती सुन्दर
    सुशिल राउत

    ReplyDelete
  2. एकदम गज्जब को दनक लाग्यो मलाई चाँहि !
    यति सुन्दर कविता को लागि धन्यवाद !

    एउटा कुरा, यति राम्रा कविताहरु तपाई को आवाजमा पडकास्ट को रुपमा यही ब्लगमा राख्नुभए, अझ कविता मा प्राण को संचार हुनेथियो । तपाई ले जुन भावना र मार्मिकता का साथ कविताहरु लेख्नु भएको छ, त्यसको सच्चा स्रोता तपाई बाहेक अरु हुनै सक्दैनन् । अत: यसतर्फ विचार गर्नुहुन्छ कि, प्रकाश जी ?

    ReplyDelete
  3. मलाई पनि एकदमै मन पर्‍यो। उत्तम अती उत्तम कबिता। धेरै धेरै धन्यवाद तपाईंलाई। तपाईंको शब्दहरुमा बग्ने तरिकाको म प्रसंसक नै भए ल ।

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !