Friday, June 12, 2009

रुपान्तरण


शिव प्रकाश


अस्तिसम्म
मान्छे थियो
उ पनि,
हिजोदेखि
सिंहदरबार
छिरेछ,
आज
अचानक
जनावरमा
रुपान्तरण भएछ !
अस्तिसम्म
पाठ पढाउथ्यो
उ पनि,
नीतिका,
न्यायका,
निष्ठाका,
नैतिकताका,
इमानका
हिजो
सिंहदरबार
छिरेपछि
आजै सबै
बेचेर खाएछ !
संचार माध्यममा
भोलीपल्ट
जताततै
अन्तर्वार्ता
उसैको आएछ
"समय अनुरुप
हामीले
आफूलाई
निरन्तर
रुपान्तरण
गर्न सक्नु पर्छ !"
उ अझै भनिरहेछ ।


अश्रृंगार कविता अभियान .......

3 comments:

  1. राम्रो कबिता!!!!

    ReplyDelete
  2. ठिक भन्नु भयो ल। राम्रो रुपान्तरण हुन्छ है राम्रो मान्छे पनि नराम्रोमा। हैन नराम्रो मान्छे छिरेर राम्रो भएर आएपनि त हुन्थ्यो। के होला है?

    ReplyDelete
  3. really true ...i hope yo kunai manish ko real life story nahoos.....

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !