Friday, July 10, 2009

भीड


शिव प्रकाश

भीड,
मानवता विरुद्द
पागल जमात हो,
विचार विरुद्द
भुत्ते हतियार हो ।
भीडसामू,
विचारको महत्व हुदैन
तर विचारसामू,
हतियारको जीत
कहिल्यै हुदैन

भीड,
हुल हो मुर्खहरुको
विगुल हो विध्वंशको
भीड,
गलत दिशा तिर
उर्लिन्छ जहिले पनि
र, भीडले
सृजना हैन
विनास अँगालेको हुन्छ
जहिले पनि ।

भीड,
विवेकहिन हुन्छ
विवेकहिन भीडमा
भीडमात्र हुन्छ,
विचारमा
विश्वास नहुनेले
भीडमा मात्र
विश्वास गर्छ .

(अश्रृंगार कविता अभियान‌‌‌‌.......)

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !