Thursday, July 16, 2009

उपहार

शिव प्रकाश


उ उसैको मातृभाषा बोल्छ । आइ हेट माइ फादर, हि इज ग्रीडी ! आइ लभ यू शाइवा, आइ लभ यू ! यू आर असम !
साइकल पाएपछि केभिन तीन हात उफ्रियो। जीन्दगीको सायद सबैभन्दा खुशीको दिन होला आज, उसको !
शाइवा, तिमीले जति यसलाई आफ्नो सोच्यो त्यति उसको साख्खै वाउले पनि कहिल्यै साचेन।  आँखाले केभिनतिर इसार गर्दै क्यारोलिनले भनि ।
आज क्यारोलिनाले मलाई साइकल पसलभित्रै बेस्सरी हगगरी। आजको उसको हगसामान्य थिएन । भित्रभित्रै काउकुति लाग्यो । कताकता असहज महशुस भयो तर पनि सहज भएको अभिनय गरेँ। खासमा अभिनयमात्र गरिन सहज हुन धेरै प्रयत्न गरे ।
अमेरिकीहरुका लागि हगसामान्य जस्तै भएता पनि मन परेको र नजिकको मान्छेसँग मात्र गर्छन। तर हामी जस्तो पूर्वीय सभ्यता र सँस्कारमा हुर्केको मान्छेका लागि अझै पनि हगसँस्कार सहज हुन नसकेकोले होला, मलाई आज निक्कै असहज अनुभूत भयो  सायद क्यारोलिनाको रुप, स्वरुप र यौवनले गर्दा पनि होला ! मैले क्यारोलिनाका हात सुम्सुम्याउँदै उसको भावुक अनुहारमा हेरिरहे । उसले पनि मेरो आँखामा उसका आँखा केहीबेर विछ्याइरही ।
क्लारोलिनको अनुहारलाई एकपटक फेरि पढेँ अमेरिकीहरु सम्पन्न भएर पनि कति असम्पन्न छन् ? धनी भएर पनि कति गरीव छन् ?  यिनीहरुसँग सबैथोक भएर पनि लाग्छ केही छैन। हुन त नभएको हैन तर उपयोग गर्नमात्र नजानेको हो, व्यवस्थापन गर्न नजानेको हो । नाथे दूइसय डलरको साइकलका लागि केभिन सधैं निराश थियो । नौ वर्षको वालकललाई दूइसय डलरको साइकल किनिदिन न बाबु तयार छ न आमा। बाबु आमा भएर पनि नभए जस्तो । बालटुहुरो जस्तो ।
केही दिन अघी केभिन रोएको मैले देखेर मैले क्यारोलिनालाई सोधेको थिएँ – ‘केभिन किन रोएको?’
उसले साइकल मागिरेहेको छ।सजिलो जवाफ दिइ ।
अनि किनिदिए भै हाल्छ नि’ – मैले सामन्य जवाफ दिएँ तर क्योरोलिनले अलि असामान्य उत्तर दिदै भनी – ‘यो उसको बाउँ ज्याकको दायित्व हो ।  मलै त यिनको लालनपालन गर्ने हो, फेरि मैले कहाँबाट ल्याउने दूसय डलर ! आइ एम ब्रोक !अमेरिकीहरुको सामन्य स्वभाव हो । म रित्तिएको छु अर्थात आइ अम ब्रोक ।मसँग छैन, सक्दिन अर्थात यो मेरो दायित्व हैन । यहाँका धेरै मान्छेभित्रको भावनसँग दायित्वको मिलाप छैन । कहिलेकाही लाग्छ यिनीहरूसँग भावना नै छैन ।
क्यारोलिन, मेरा आँखाले अरू पनि यस्ता घटनाहरू देखेका छन् । म काम गर्ने पसलमा कति यस्तै आमाबाबुहरू आउँछन् आफ्ना लागि सिगरेट, वियर, वाइन, लटरी जे जे चाहिन्छ त्यसका लागि उनीहरू उदार हुन्छन् । पचासौ डलर एकैपटकमा निस्फिक्री खर्च गर्छन् तर आफ्ना साना छोराछोरीले पच्चीस पैसाको चकलेट माग्यो भने ठाडै नो भन्छन् । बच्चा रून्छ । इ सेड नो भन्दै हपार्छन् । त्यो पच्चीस पैसको चकलेट तिर टुलुटुलु हेर्दै गहभरी ँसु लिएर जान्छन ती बच्चाहरू । त्यस्ता कति बच्चाहरूला म सित्तैमा पनि दिने गर्छु । गहभरीका तिनका ँसुले मभित्रको मलापगाल्छ ।
तिमीहरू जति उदार र भावनाका धनी छौ, त्यस्तो हुन हामीलाई हाम्रो सँस्कारले सिकाएन । हामीलाई हाम्रो हैन, मेरो भन्न सिकाइन्छ । मैले पनि त्यही सिकेँ, मेरा सन्तानले पनि त्यही सिक्दैछन् । के गर्नु ? हाम्रो समाज नै यस्तै छ, सबै कुरा मेरोमा अडिएको छ हाम्रोमा हैन । जवाफसँगै उसको अनुहारमा अहिले अलिकति भावुकता उत्रिएको छ ।
अनि ज्याकले किनी दिंदैन ? अलि कडा स्वरमा बोली – ‘दिदैन केही दिदैंन,  अदालतले तोकेको भन्दा एक पैसा पनि दिंदैन। उ धेरै पैसा कमाउँछ तर पाए अझ उल्टो मसँग लिन्छ। उ अति कण्टक छ,  अर्थात म उसलाई नीच पनि भन्छु । त्यसैले केभिन चार वर्षको हुने वित्तिकै मैले उसँग डिभोर्स गरेकी हुँ । यसको बाउलाई सम्झ्यो कि मलाई अझ  रिस उठ्छ। आइ अल्सो हेट हिम !क्यारोलिनाले पहिले पनि ज्याकका बारेमा थोरबहुत कुरा गरेकी थिई। बेलाबेला निक्कै असन्तुष्टि देखाउँथी ।
क्यारोलिनाको जवाफ सुनेर म नाजवाफ हुन्छु । सोच्छु, यत्रो पैसा कमाउने मान्छे, आफू दिनको सयौं डलर खर्च गर्छ तर आफ्नो छोराका लागि एकपटक दूईसय डलर खर्च गर्दैन । सयौं डलरको चिठ्ठा खेल्छ तर छोरालाई भेट्न जाँदा कहिल्यै एक प्याकेट विस्कुट लिएर जाँदैन । दिनहुँ आफू वियर पिउँछ तर आफ्नै सन्तानका लागि उ अदालतले तोकेको भन्दा एक सुको खर्च गर्न चाहदैंन ! खै माया,  ममता,  स्नेह, खै सम्बेदनशीललता, खै वालसुलभ इच्छाको कदर ?  यिनको मन, मन हो कि ढुंगो ? त्यस्तो बाबु के बाबु ?  आफ्नै सन्तानको भरणपोषणका लागि अदातलले तोकेभन्दा सुकोमाथि केही नगर्नु भनेको त सरकारलाई कर तिर्नु जस्तो मात्र हो भन्ठान्ने । केभिन त उसको सन्तान हो । तर के गर्नु यिनीहरुको सोचाइ र सँस्कार नै यस्तो भएपछि ! म आफैंसँग कुरा गर्छु ।
क्यारोलिनाको पनि राम्रै जागिर छ । स्टेट अफिसर छे । उसले पनि किनीदिन सक्थी, जाबो एउटा साइकल ! तर उ पनि उही हो पैसा भएपछि चिठ्ठा नखेली हुन्न। चिठ्ठा अमेरिकीहरुका लागि नराम्रो लत हो। कहिलेकाँही खाना खान हिँडेको मान्छे चिठ्ठा खेलेर रित्तिएपछि भोकै बस्छ तर खेल्न छोड्दैन। धेरैमा छ यो समस्या। क्यारोलिना पनि पैसा भएपछि निकै उडाउँछे चिठ्ठामा तर जाबो दुईसय डलरको साइकल किन्दिन सक्दिन, आफ्नै छोराला नसक्ने हैन नचाहेको हो। नचाहनुको कारण उसको पूर्व लोग्ने ज्याकको व्यवहार पनि हो। उ सोच्छे बच्चाको रहर पुरा गर्ने कर्तव्य बाउको हो, मैले त हरदम स्याहरसुसार गरेकै छु । लोग्नेसँगको रिसले पनि उ केही गर्न चाहन्न । मनमनै भन्ठाने- विचरा त्यो निर्दोष वालकको के दोष ?  
पैसा खर्च गर्नु पर्दा कहिलेकाही उनीहरुका लागि आफ्नै सन्तान पनि पराइको भन्दा परको जस्तो हुन्छ । थोरै पैसा पनि सन्तान भन्दा धेरै ठूलो हुन्छ । त्यसैले त यहाँका  बाबुआमाप्रति पनि छोराछोरीको दायित्व केही नै नभएको जस्तो छ । समाज त छ तर सुकेका रुखको जंगल जस्तो छ ! रूखमा हरियाली भयो भने न छाहारी हुन्छ । यो सबै मेरो भन्ने सँस्कारको उपज हो यो । बाबुआमा विरामी परे भने पनि कतिपय छोराछोरी जाँदैनन्, एम्बुलेन्स बोलाएर हस्पिटल जानु भन्छन्, । बुढा बाबुआमा भोकै भए पनि कति छोराछोरीलाई त्यसको वास्ता हुदैन, सरकारले दिएको छ भन्ने ठान्छन् । नत्र काम गरेर खानु पर्छ भन्ने सिकेका छन् नांगा रूखको जंगल जस्तो यो समाजबाट । बाबुआमाबाट आफूले जे सिक्छ, आफ्ना छोराछोरीलाई पनि उसले त्यही सिकाउँदै गएको छ । त्यो एउटा सँस्कार बनिसकेको छ । यस्तै यस्तै अवस्थामा म गुज्रिदै छु । यस्तै यस्तै देख्दै र भोग्दै आएको छु । नसोचेको सोच्न थालेको छु । नदेखेको देख्न थालेको छु । मैले सोचेको अमेरिकाभित्रको अमेरिका अहिले देख्दैछु । आफूसँग भएर पनि यिनीहरु आफ्ना वालकको इच्छाको कदर गर्दैनन् तर भनिन्छ यही मुलुकमा वालवालिकाको इच्छाको सबैभन्दा बढी कदर गरिन्छ ।
टिटूलाई पाँचवर्षको उमेरमा छोडेर आएदेखि  नदेखेको छवर्ष भै सकेको थियो । सात वर्षको केभिनमा मैले एघार वर्षको टिटु देखेँ । केभिनका इच्छा र मेरो छोरा टिटुका इच्छा उस्तै हुन सक्छन् । हिजो फूसँग नहुदाँका अवस्थामा मैले टिटूका धेरै इच्छाहरुलाई वध गर्न लाएको छु । मेरो अवस्थासँग सम्झौता गरेर उसले पनि आफ्ना इच्छाहरुको हत्या गरेर मलाई सघाएको छ । उसकी ठूलीआमाको छोरो(दाइ)का खेलौना देखर टिटू लोभ्भिएको,  ती खेलौनातिर टुलुटुलु हेरेको अनुभूत मैले केभिनमा गरे । सोचेँ, केभिनका साथीसँगीहरुले साइकल कुदाएर रमाइलो गरेको देख्दा उसको मन सायद दाइका ती खैलौनाप्रति लोभ्भिएको टिटूको मन जस्तै हुन्छ होला । दाइका खेलौनातिर टुलुटुलु हेरेर एकोहोरिएका टिटुका आँखा जस्तै एकोहोरिन्छन् होला केभिनका आँखा पनि उसका  साथीका साइकलतिर ! म भावनाको सागरमा डुब्छु । मेरो मस्तिष्कको महत्वपूर्ण पृष्ठमा छापिएको टिटुको त्यो तस्वीरमा केभिन अवतरित भएको ठान्छु ।
अहिले टिटूलाई के चाहिन्छ छोरा भनेर सोध्यो भने केही चाहिन्न बाबा भन्छ। हुन त अब ठूलो र बुझ्झकी पनि भइसक्यो तर हिजो जति बेला उसका रहर र इच्छा उभित्र सल्वलाउँथे त्यतिबेलो मैले ती सबैको वध गर्न लगाएँ । उसले आफ्ना वालसुलभ इच्छा र रहरहरुको विना प्रतिकार निवार्द-निर्विवाद वध गर्यो । वालक हो पक्कै भित्रभित्रै खुशी भने थिएन होला तर पनि उसले असल वालक हुनुको परिचय दियो  भित्रभित्रै आफू रोएरै भए पनि मलाइ खुशी बनायो । मेरो लागि अहिले केभिन एउटा  क्यानभास हो। टिटूका ती अवस्थाहरु मेरो मनको भावनाको कुचिले त्यो क्यानभासमा उतारे, अनि म निष्कर्षमा पुगेँ आज मैले जे गरे ठीक गरे, केभिनलाई नै भए पनि साइकल किनेर टिटुको इच्छाको पुरानो रिन उ उपर चुक्ता गरेँ ।
यस्तै यस्तै सोच्दै म चुपचाप ड्राइभ गरिरहेको छु । देब्रेहात स्टेरिंगमा छ, दाहिने हात क्यारोलिनाको हातसँग खेलिरहेछ । चुपचाप छे क्यारिलिन पनि । त्यसै त्यसै आँखा सुस्ताए जस्तो गरि बन्द गरेकी छे । केभिन पछाडिको सीटमा छ, प्रफूल्ल मुद्रामा ।
शाइवा, किन चुपचाप छौ ? आर यु ओके !क्यारोलिनाले एकाएक झस्काउँछे मलाई । शाइवा, तिमीले यसलाई किन यत्रो महँगो साइकल किनिदियौ ? तिमीहरूको जस्तो हाम्रो मन किन छैन ? वास्तमा तिमी कति उदार छौ, तिमीले कति महानता देखायौ ! आखिर कारण के हो ?’
मैले छोटो उत्तर दिए – ‘क्यारोलिना, मैले केभिनमा टिटू देखेँ ! अनि मेरो गाडी दूर्धटना हुँदा तिमीले पनि त सहयोग गरेकी थिय नि । ईन्सोरेन्स कंपनीसँग तिमीले नै डिलगर्यौ, मेकानिक्ससँग तिमीले नै डिलगर्यौ।मैले टिटूको बारेमा उसलाई अघि अघि पनि बताएको थिए ।
हो शाइवा, प्रत्येक मान्छेले प्रत्येक मान्छेबाट केही न केही कुरा सिक्छ, आज मैले तिमीबाट केही कुरा सिकेँ भन्दै उसले मेरो हातलाई उसले पटक पटक चुमी । माम्मा ! माम्मा !! केभिनले क्यारोलिनालाई जिस्क्यायो । गाडीबाट साइकल उतार्ने वित्तिकै केभिन साइकल लिएर साथीहरुसँग खेल्ने चौरतिर हुइँकियो। बाहिर मौसमा अलि गर्मी नै थियो । क्यारोलिनाले भित्र जाउँ भनी ।
उसले फ्रिजबाट दुई क्यान चिसो वियर निकाली र चियर्स गर्दै लामो हगगरी अघिको जस्तै । मैले क्यारोलिनासँग त्यस्तो असहज अनुभव कहिल्यै गरेको थिइन, जस्तो आज गरे। म कताकता क्यारोलिनाभित्र हराउँदै गएको हलुका अनुमान मलाई भइरेको थियो ।
शाइवा, हिँड अर्को कोठामा।
क्यारोलिनाले मलाई उ सुत्ने पलङमा बसाइ र भनि – ‘तिमीले केभिनलाई दिएको उपहारको बदलामा म एउटा उपहार तिमीलाई पनि दिन चाहन्छु  तर तिमी त्यसलाई स्वीकार्न सहमत हुनु पर्छ।
हुन्छ मलाई स्वीकार्य छ, तर के हो त्यस्तो ?’
नो थिङ, जस्ट ह्याभिङ् फनभन्दै कम्वल तानी र आफू पनि छोप्पिइ अनि मलाई पनि छोपी।
तर क्यारोलिना म त विवाहित हुँ र मैले तिमीले जस्तो डिभोर्स पनि गरेको छैन।मरो यथार्थलाई मैले पुन प्रस्ट्याएँ।
मलाई थाह छ साइवा, तिमीले धरै पटक भनिसकेको छौ।
तर हामी त असल मित्र मात्र हौं हैन र?’ मैले भने।
हो, शाइवा ! त्यही मित्रताभित्रको मित्रता हो यो । मित्रतामा केही कुरा असम्भव पनि त छैन, हैन र ?  तिमी असल मित्र भएकोले नै यो उपहार म तिमीसामू सुम्पदै छु अनि केभिनले तिमीबाट उसको प्रिय वस्तु उपहार पाउनुको उपहार स्वरूप हो यो उपहार । एक पटक मात्र भए पनि म यो उपहार तिमीलाई सुम्पन चाहन्छु र तिमीले स्वीकार्छु भनिसकेका छौ । कम अन, शाइवा …………………..!’
केही क्षण पश्चात क्यारोलिनाले मलिन स्वरमा भनि धन्यवाद शाइवा ! मेरो उपहार स्वीकारेर मित्रता निभाएकोमा पुनः धन्यवाद !
हामी अहिले पनि असल मित्र छौ । बेला बेलामा म जान्छु केभिन साइकल तिर हेर्दै भन्छ- 'उपहारको लागि धन्यवाद शाइवा !'

बोस्टन, अमेरिका

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !