Monday, July 27, 2009

महा"भारत"को विभिषण !


शिव प्रकाश

सपथ किन खानु हुन्थ्यो त महाशय ?
अकुत पहिल्यै खाइसक्नु भएको छ,
सायद यहाँ ढुस्स अघाइसक्नु भएको छ !

संविधान किन मान्नुहुन्थ्यो त महाशय ?
तपाइँ मेरो भन्दा नि छिमेकीको भैसक्नु भएकोछ,
तपाइँको पाउमात्र यता टाउको उता भैसकेकोछ !

नेपाल तपाइँलाई किन चाहिन्थ्यो त महाशस ?
नेपाली खूनको धज्जी यहाँले राम्रैसँग उडाइसम्नु भएको छ,
सायद तल्तिरका दुशासनहरूको नून खानुसम्म खाइसक्नु भएको छ !

नेपाली बोल्न किन जान्नु हुन्थ्यो त महाशय ?
खानेमुख मात्र यताको बोल्ने जिब्रो उतैको लाइसक्नु भएको छ,
महाशय त महा"भारत"को विभिषण "भरतानन्द" पो भइसक्नु भएको छ !

कार्टुन साभार : नागरिक


3 comments:

  1. साहैं राम्रो विष्लेषण गर्नुभयो। राम्रो लाग्यो।

    ReplyDelete
  2. शिव जी पोल्न त पोल्नु भयो अक्षरले तर जति पोले पनि यिनिहरु डढने हैनन।
    मिठो यथार्त ।

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !