Wednesday, July 29, 2009

पैसाखानीको कामदार

शिव प्रकाश

'उल्लाई के छ र ! उ पैसाको खानीमा छ । पैसा भएपछि मान्छे झन् ………! त्यसको जस्तो पैसा भए मैले जाने
को थिएँ जीन्दगी कसरी बाँच्नु पर्छ भनेर .... !'
पात्र एकले भनेको कुरा सुनेर पनि नसुने जस्तो गर्यो उसले । पात्र एक, जसले जीवनमा आजसम्म एक पैसा कमाएको छैन परजीवी भएरै बाँचेको छ ।
'उसंग पैसा भएर हामीलाई के काम ? हामीसँग नभए नि केही छैन … ! एकबारको जिन्दगी सुख गर्ने हो, नकमाए नि हामी स्ट्याण्डरले बसेका छौं । पैसाखानीमा पुगेपछि मान्छे…… 'चेन्ज' हुदो रहेछ !'
पात्र दुईका कुरालाई पनि उसले नबुझे जस्तो अर्थात सुनेर पनि सामान्य रुपमा लिए जस्तो गर्यो । पात्र दुई र हुट्टिट्याउमा खासै फरक छैन । लगामबिनाको घोडा भने पनि हुन्छ । रिनपान गरेर भए पनि मीठो खानु र राम्रो लाएर हिड्नु पात्र दूईको सर्बश्रेष्ठ
विशेषता नै हो । काम गर्दा सानो हुइन्छ भन्ने ढुस्सिएको मस्तिष्क ! थारो रुखजस्तो जिङरिङ्ग् ठाडो स्वभाव ! बोलीमा न नम्रता छ, न शालिनता छ, न शिष्ठता छ ? मुखमा माड छैन पिंधमा ध्यू …… !
'के गर्नु आफूसँग छैन हुनेले दिंदैन …… ! नभए पछि मैले कहाँबाट ल्याउनु ? उ पो पैसाको खानीमा छ र सबैथोक छ ..... !
पात्र तीनले भनेको कुरा पनि उसले सुनिरह्यो । पात्र तीन जसलाई छैन भन्ने थाह छ, तर किन छैन भन्ने कुराको चेतना हिजोसम्म छैन । अचेतनतासँगै दाह्रीजुँगा फूले, पात्र तीनका पनि !
'नभए नि केही छै
न । पैसाको खानीमा हुने मान्छेसँग आस गरेर के गर्नु पाइदैन !' आ…… जस्तो हुन्छ त्यस्तै टर्छ ! छैन भनेर आफुलाई साह्रोनमीठो रुच्दैन, जे होला !'
पात्र चारले भनेका कुराहरु पनि उ नसुने झैं नबुझे झैं गर्यो । मसिनो स्वरमा मान्छेपिच्छे फरक गन्थने गफ चुट्नु र गाउँ चाहर्नु नै पात्र चारको दिनचर्या हो । त्यसमाथि मीठोचखिलो खाने अनि गोरुबेचे साइनो पर्नेलाई पनि घरमा बोलाएर मासुभात ख्वाएर जाती हुदैमा लिटिङ खुस्केको थाह छैन । भोलीको जोहो छैन ।
'यी सबै सुतेर
र गफ हाँकेर खाने ! यति हुदाँ पनि दुःख देखेर, भालो चिताएर सेवा र सहयोग गर् यो तर कहिल्यै जस पनि छैन ! गरेको पनि देखेको हैन ! सधैं अपजस सधैं पुगेन मात्रै ! गुनीमा कुकुर बैगुनीमा गुनको बैरी मान्छे ..... ! अति भै सक्यो !
पात्र पाँचका कुरा पनि उसले सुनिरह्यो । मनमनै गुन्यो यी सबले वास्तवमा अति गरिरहेका छन् । यथार्थमा यी सबैभन्दा दुःखी छे, पात्र पाँच । परदेशिएको लोग्नेबाट टाढा भएर पनि यी सबैको सहयोग र सेवामा यसले धेरै वर्ष विताइसकेकी छे । मलार्इ के खाँचो भनेर वास्ताकिस्ता नगर्न पनि सक्थी ।
पात्र एक जसले जीवनमा आजसम्म केही गरेको छेन, मात्र सुतेर विताएको छ जीवन ! मीठो खाने, राम्रो लाउने र आफूलाई ठूलोमान्छे देखाउँदैमा उसको जीन्द
गानी गुज्रिररहेछ । पात्र एक र दूइमा लैङ्गिक भिन्नता भएता पनि तात्विक र स्वाभावमा अवैचारिक भिन्नता छैन । कुनै कुरामा वैचारिक चिन्तन, मनन गर्न नसक्ने टाउकोले अवैचारिक सोचमात्र उत्पादन गरिरहेको हुन्छ, त्यहाँभित्र उनीहरूको ! प्वाल परेको नाउ जस्तो जीवन बाँचेर नवावी चालमा ठाटिएर हिड्न चाहन्छन पात्र एक र दुई !
उ सोच्छ - उनीहरुसँग सबैकुरा तर मस्तिष्क अर्थात दिमाग छैन ! मनोवाद गर्छ - मस्तिष्क विनाको मान्छे मान्छे हुन सक्दैन ! मान्छे हुनुको अर्थ नैं चेतना हो । चेतनाका लागि मस्तिष्क चाहिन्छ र मस्तिष्क हुने मान्छे यस्तो अचेतन हुन सक्दैन ! तर उनीहरुसँग किनकिन अविचार र कुतर्कमात्र छन् ! आखिर टाउँकोभित्र के छ ? मस्तिष्क बिनाको टाउँको टाउँको हुन्छ ? उसको मनोवाद निरन्तर छ, उत्तर आफूसँग छैन । अनुत्तरित छ उ सधैं !
पात्र एकप्रतिको उसको निष्कर्श हुन्छ - मष्तिष्क भएको भए उसले जीवनमा केही नगरी सुतेर किन विताउथ्यो, रातदिन ? कसैले नदेखेको सपना उसले देखेको छ । कसैले नहिडेको बाटो उसले हिडेको छ, जुन बाटो न कहीँबाट सुरू हुन्छ न कहीँ गएर टुड्गिन्छ ! गन्तव्यहिन बाटो ! सयौं निश्चिततालाई छोडेर एउटा अनिश्चिताको पछि दौडिरेहछ निरन्तर … !
पात्र एक आफू
लाई ठूलोमान्छे ठान्छ । उ मपाइँत्वको असल प्रयोक्ता हो । तर उ कहिल्यै असल मान्छे हुन खोजेन, नखोजे पछि कहिल्यै सकेन । पात्र दूर्इ पनि उही मपाइँत्वको वायुपथमा बुर्कुसी मार्दैछिन् । कुरा भूइँमा खस्न पाउँदैन पात्र दूइको थुतुनु भुत्भुताउन थाल्छ । 'थुतुनु बढी चल्नेको मस्तिष्क चल्दैन' पात्र दुर्इका वारेमा झिनो निष्कर्ष निकाल्छ ।
पात्र एकसँग मस्तिष्क भएको भए मक्किएको घरको धुरीमा चढेर आफूलाई ऐरावत हात्तीमा सवार इन्द्र किन ठान्थो उसले ? छोराहरुको भविष्यको बारेमा किन सोच्दैनथ्यो ? पात्र एकले जीवमा इख शब्द किन पढेन ? पात्र एकले पचास काटिसकेको छ । उसले सजिलै र आरामसँग जीवनका पचास वसन्त पार गरिसक्यो, सुतिसुती !
पात्र तीनमा भरखर मात्र चेतना आएको छ । अब बल्ल घामपानी र रातबिहान भन्न छोडेको छ । अहिले आएर जीवनमा केही गर्नु पर्छ भन्ने उसलाई लागेको छ । तर पचासको हाराहारीमा पुगिसेकेको छ, उ पनि ! पात्र चारमा पनि चेतनाको अंकुरण प्रस्फूटन हुदैछ भरखर, तर बुढो सिमल सर्ने हो कि हैन ………?
भान्सामा जूठो छोडेर गाउँछिमेकमा गफ हाक्ने पात्र चार ! साँझमा भट्टी र विहानदिउँसो दोकानतिर गफ छाट्दै यसअघि जीवनका महत्वपूर्ण क्षणहरु विताउने पात्र तीन !
गाह्रो रहेछ पैसा कमाउन बल्ल था भो, पात्र तीन भन्न थालेको छ ! छोराहरु ठूला भए पढाइ खर्च कसरी जुटाउने, अलिकति सोच्न थालेको छ ! जीवनमा परिश्र
म नगरी केही हुन्न भन्नेकुरा अब बल्ल छोराहरुलाई पनि सिकाउन थालेको छ । हिजोसम्म आफ्नो हैसियत आफै नबुझेको पात्र तीन अहिले छोराहरुलाई बुझाउन थालेको छ ।
एकलाई थाह छैन, पैसा कमाउन कति गाह्रो छ ? किनभने उसले आजसम्म एकपैसा कमाएको छैन ! स्वाभाविक हो जसलाई जे कुराको अनुभव छैन त्यो बारेमा उ अनभिज्ञ हुनु ! दुःख नगरी सुखसँग बाँच्नुपर्छ भन्ने उसको निजी दर्शन हो । उ यही नितान्त नौलो निजी दर्शनबाट प्रभावित छ । आफ्नो सुखका लागि अरुले जति दुःख पाओस् त्यो उसको दर्शनमा गौण मानिन्छ । त्यसैले उ अरुको दुःख देख्दैन । यो नौलो निजी दर्शनप्रति दृढ विश्वास छ उसलाई । छोराहरुलाई पनि त्यही दर्शन पढाउँदैछ ।
पात्र एक धरतीमा भएको आफ्नो भत्किएको घर छोराहरुलाई देखाउँदैन, आकाशमा महल बनाउने कथा सुनाउँछ । बीरबलको खिचडी पकाएर खाने कुरा गर्छ, तर भात पकाउन चुलोचम्चोको जोरजाम गर्नु पर्छ भन्ने सिकाउँदैन । पात्र दूईलाई वीरबलको खिचडी खान चाँदीका थालबोटुका चाहिन्छ । अरूमा हुन्न जस्तो छ !
मूलतः पात्र एकका यावत् कुराहरु देखेर, भोगेर, सुनेर उ फेरि निष्कर्शमा पुग्छ - पात्र एकसँग दिमाग बाहेक सबै कुरा छ । मुख छ, खान्छ ! जिब्रो छ, बोल्छ ! कान छ, सुन्छ ! शरीर छ, सुत्छ ! आँखा छ, देख्छ; तर दृष्टिकोण छैन ! टाउको छ, हल्लाउँछ; तर मस्तिष्क छैन ! त्यसैले सोच्न सक्दैन ! मस्तिष्क नभएपछि चिन्ता पनि हुदैन, त्यसैले उ ननिदाएको कुनै दिन छैन ! उ पैसा कमाउने हैन उघाउने कुरा गर्छ । खानीबाट बेल्चाले मुठाका
मुठा पैसा घ्वाप्पघ्वाप्प उघाउर बोरामा कसेर ल्याउँछु र सारा संसारलाई देखाउँछु भनेर सोचिरहेको छ, निरन्तर ...... । पचास वर्ष वितार्इ सक्यो पैसाखानीको खोजीमा, उसले ! धेरै समय र परिश्रमको बगाइसक्यो, पैसाखानीका "खानी" पत्ता लाउनमा पात्र एकले । पात्र एक, उ आफैं अझै पैसाखानीको खोजीमा छ तर अर्कालाई भन्छ - 'उ पैसा खानीमा छ, म एकदिन त्यसालाई देखाइदिन्छु !'
यी पात्रहरुले कहिल्यै सोचेनन् - 'परदेशमा दुःख गरेर कमाएको श्रमको हामीले सम्मान गर्नु पर्छ भनेर !' सधैं सोचिरहे -' उ पैसा खानीमा छ उसलार्इ के छ र
!' पैसामात्र सधैं देखे भावान र दुःख कहिल्यै देखेनन् ! उसले दुःखविराम पर्दा, दशैतिहार, चाडपर्व र रिनपान फर्स्याउन खाइनखाइ गरेको सहयोग यी कुनै पात्रले कहल्यिै सम्झिएनन्, देखेनन् ! जहिले पनि पुगेन, पाइन र दिएन भन्ने मात्र सोचिहरे । उसालार्इ सबैले पैसाखानीमा बसेको छ भन्ने मात्र देखिरहे । तर तेरो काम साह्रोगाह्रो कस्तो छ ? थकाइ कत्तिको लाग्छ ? पैताला कत्तिको पोल्छन् ? पिँडुला कत्तिको दुख्छन् ? निद्रा पुग्छ कि पुग्दैन ? परिवार छोडेर बस्नुपर्दाको पीडा कस्तो हुन्छ ? आजसम्म यी कसैले सोधेका छैनन्, पाँचौ पात्र बाहेक !
उ मेरी श्रीमती नभए सायद उसले पनि सोध्ने थिइन कि …… !

हालः  बोस्टन अमेरिका ।

(अभिव्यक्ति)

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !