Monday, August 3, 2009

आऊ - सम्भोग गरौं




शिव प्रकाश
समानताका कुरा गर्छौ
पुरुषत्वसँग नारित्वको !
तयार छु  सहस्र सम्मान गर्न 
असमानताभित्र समानता खोज्ने
तिम्रो त्यो महानताको !
तर के तिमी मेरो खाँचो
तिमी आफैबाट पुरा गर्न सक्छौ ?
अधिकारको कुरा गर्छौ, यौवना
तृष्णाको तृप्ती  अधिकार हो तिम्रो
सम्मान गर्न तयार छु
तिम्रो अधिकारको
तर के तिमी त्यो अधिकार
मलाई अख्तियार गर्न सक्छौ ?
किन भुल्दैछौ
मातृत्व नै तिम्रो महान् दायित्व हो
स्मरण गराउदै तिमीला तिम्रै दायित्व
धारण गराउन चाहन्छु
एक वीर योद्धाको मातृत्व
के तिमी यो दायित्व वहन गर्न सक्छौ ?
सक्छौ भने आऊ सम्भोग हैन
समभोग गरौं ।
मेरा लागि मात्र हैन
तिम्रालागि पनि गरौं
दुबै मिलेर
सृष्टिको क्रमला निरन्तरता दिउँ ।
आऊ सम्भोग हैन
समभोग गरौं

बोस्टन, अमेरिका ।
(अश्रृंगार कविता अभियान‌‌......)

3 comments:

  1. वाह। क्या दिनुभयो शिव जी ।मन छोयो ।

    ReplyDelete
  2. उधुम !
    Rajan

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !