Tuesday, August 11, 2009

क्यारनको त्यो रात …

.शिव प्रकाश
उसलाई त्यो दृश्य अझै सपान जस्तो भइरहेछ ! उसले साचेको थिएन क्यारन यसरी एकाएक खुल्छे भनेर ! नसोचेको कुरा उ अझै सोचिरहेछ । कसरी सुती होली, क्यारन त्यसपछि …… ? अझै सल्बलाईरहेछन् ती विम्बप्रतिविम्बहरु उसको मनमस्तिष्कमा ! अनि अझै नाचिरहेछन् ती आँखामा ।
उनीहरूको मित्रताले मनको गहिराइ छुन थालिसकेको थियो । प्रकाश  हतारमा थियो पशल बन्द गरेर घर जान । क्यारनको फोन आयो हेलो …’
पल, तिमी जसरी पनि मलाई भेट्न आऊ … !’
कहिले ?’ ‘अहिले ।
कहाँ …?’ ‘घरमा…!’
घरमा … ! अनि घरमा अरु ?’
हो घरमा … , अरु भनेको मेरो कुकुर र त्यसपछि तिमी हुने छौ !
तर अहिले त रातको ११ बजीसक्यो, मलाइ घर पनि थाह छैन !
छैन पाँच मिनेट बाँकी छ । टाढा पनि छैन, पाँच मिनेटको ड्राईभिङ् मात्र हो । म बाटो बताइ दिन्छु 
तर क्यारन अचानक यतिबेला ………
हो, पल अचानक धेरै कुराहरु हुन्छन् ! जस्टकेही बडलाइट वियर लिएर आऊ । बरु पसल बन्द गर्नुभन्दा अघिनै गाडीमा वियर राखिहाल । नत्र पछि नमिल्न सक्छ ।
सी युभन्दै क्यारनले फोन विसाइ । 
प्रकाश काम गर्ने सुपर मार्केटमा एकदुई  भेट भए पछि उनीहरूको मित्रताको रंग गाढा हुदै गएको थियो ।
उसको आगमनलाई क्यारन दिलको ढोका खोलेर घरको ढोकामा उभ्भिइरहेकी थिई । प्रकाश पहिलो पटक त्यो घरमा जादैछ, रातको एघार बजेर पाँच मिनेट गएको छ । ढोकामा पुग्ने वित्तिकै क्यारनले आफ्नो सम्पूर्ण प्रेमभाव प्रकाशमाथि ओढाई । अंगालोले झपक्क छोपेर हगगर्दै भित्र लगी र सोधी- अँ पल, साच्ची तिम्रो वास्तविक नाउँ के रे ?
प्रकाश ।
अँ हो त ! तर मैले कति प्रयास गर्दा नि न सम्झिनै सकेँ, न उच्चारण नै गर्न सकेँ ! त्यसैले म तिमीलाई पलनै भन्छु माइण्डगर्दैनौ नि हैन ! मलाई पल सजिलो लाग्छ ।
गर्दिन तिमी जे भन । अर्थात जे भन्न सजिलो लाग्छ त्यही भने हुन्छ ।
पल मलाई नेपाली नाउँले बोलाउनु परो भने के भन्छौ ?’
म तिमीलाई कान्ता भन्छु ।
कान्टा ! के हो त्यसको मतलब ?’
कान्टा हैन कान्ता ! तर केही छैन तिम्रो उच्चरणमा कान्टा नै हुन्छ । अनि त्यसको मतलब हो - सबै भन्दा सुन्दरी र मन परेकी आइमाई । मानौ तिमी मेरो लागि !
धन्यवाद ! धन्यवाद ! ! धन्यवाद ! ! ! धन्यवाद, पल !क्यारन खुशीका चुम्बन वर्षाउन थाली । प्रकाश चुम्बनको वर्षामा निमग्न निस्फिक्री रुझिरह्यो । क्यारनले प्रकाशको आगमन अघि नै केही पिइ सकेकी छे । भोली उसको छुट्टी छ ।
क्यारनका अर्धचेतन आँखाका मूकमादक हेराइ र कोमल अङ्कमालका अमुक र अमूर्त स्पर्शहरुले प्रकाश तरंगीत भइसकेको छ । उ क्यारनलाई एकहोरो नियाल्दै सोच्छ – ‘स्वर्गका परीहरुको रचना गर्ने कुनै सिपालु कालीगढले यो आइमाईलाई पनि बनाएको हुनु पर्छ, हैन भने यो किन यति सुन्दरी छे ? कि मलाई मात्र यस्तो लागेको हो ?’
उ मौनतालाई भंग गदैं भन्छे – ‘सरी, पल तिमीले वियर ल्याउन गाह्रो हुन्छ भनेर एघार बजिसक्यो भन्या होला तर मलाई राम्ररी थाह छ एघारबजे पछि बियर-रक्सी बेच्न मात्र हैन दोकानबाट बाहिर निकाल्न पनि पाइँदैन भनेर । म आफै पुलिसको मान्छे हुँ त्यसमाथि स्टेट पुलिस ! म कानुनको रक्षक हुँ । कानुन तोड्न चाहन्न र तोड्नु पनि हुदैन । यो हाम्रो अनुशासन हो । हामीले कानून तोड्यौ भने सर्बसाधरण भन्दा बढी सजाय हुन्छ हामीलाई ।'
तर क्यारन हाम्रो देशमा त उल्टो छ नि !
प्रकाशको भनाइप्रति आश्यार्य जनाउँदै भन्छे – ‘मतलब ऽऽऽऽऽ …! ! !’
मतलब, जसले कानुन बनाउने र कानुनको रक्षा गर्ने तिनीहरुले नै तोड्छन् । कानुन नमान्ने, अनियमिता र भ्रष्टाचार गर्ने, दुराचार फैलाउनेहरु नै समाजमा मान्य र प्रतिष्ठित हुन्छन् !'
विडम्बना ! किन तिनीहरुका लागि कानुन छैन तिम्रो देशमा ?’ उसको अनुहारभरी आश्चार्यवोधक र प्रश्नवाचक चिन्हहरू  छाए    उ झन् चकित हुन्छे ।
, तर मैले अघि नै भने नि जसले कानुन तोड्छ समाजमा त्यही ठूलो र शक्तिशाली मानिन्छ । समाज त्यसैका पछि लाग्छ । त्यस्तै असल ठानिन्छत्यसैले … !’ प्रकाशका कुरा क्यारनलाई स्वाभाविक लाग्दैनन् ।
अनि कारबाही हुदैन त ?’ क्यारन, यो तिम्रो सामन्य प्रश्न हो तर यो सामान्यभित्र अर्को असामान्य प्रश्न के छ भने – ‘कसले गर्ने कारबाही ? जहाँ पनि उनीहरु र उनीहरु जस्ता मात्र छन् । बेइमानहरु, भ्रष्ट्रहरु, नीति र नैतिकताका फौबन्जारहरु ! अझ तिमीहरु जस्तो शक्तिशाली पुलिस अफिसरले त झन जे गरे पनि हुन्छ, जति गरे पनि हुन्छ !
ओ माइ गढ ! सरकार के हेर्छ त ?’
सरकार पनि भस्मासुरहरुको झुण्ड हो । त्यहाँ पनि सधै प्राय भ्रष्ट, जाली, फटाह र दूर्गन्धित मान्छेमात्र पुग्छन्, काठाण्डुमा टुकुचा खोला छ, त्यही खोला जस्तै छन् नेताहरू । पहिले मान्छे भए पनि पछि ती पनि पाखण्डीमा  परिणत हुन्छन् ! सबै सधैं झूठो मात्र बोल्छन् । ढाट्नु र देशलाई ठग्नु नै तिनको धर्म पनि हो र कर्म पनि हो । ती त्यसैका लागि सत्तामा जान्छन् । राम्रा नेताको गन्ती गर्ने हो भने एक हातका औंला बराबर पनि छैनन् । हुन त आफ्नो देशको नग्नचित्र देखाउन आफैलाई शरम लाग्छ तर तिम्रा सामू सबै शरमहरू वेशरम हुदैछन् ।' प्रकाशका कुरा सुनेर उ मुसुमुसु हाँस्छे हाँस्दै एकाएक अक्क न बक्क हुन्छे र सोध्छे अनि कसरी चल्छ तिम्रो देश ?’
चलेको छैन, सबै कुरा अवरुद्ध छन् । त्यसैले त त्यस्तो छ । त्यसैले म पनि यही छु । नत्र मातृभूमि छोडर मलाईमात्र यहाँ बस्ने रहर नै किन हुन्थ्यो होला ! भएको भए पनि पुगिसकेको छ ।
वडलाइटको चौथो क्यान सकेर पाँचौं खोल्दै उसले भनी – ‘तिम्रो देशको त्यो अवस्था दुखःपूर्ण हो  तर आश्चार्यजनक पनि भयो मेरा लागि ! मैले यस्तो सोचेको थिइन ।
'एउटा कुरा बताउ क्यारन, आफ्नो  आत्मिय अथवा आफूलाई मन पर्ने मित्र पायो भने प्राय मानिसहरू बार, रेन्टुरेण्ट वा क्लवमा गएर पिउने, रमाइलो गर्ने अमेरिकी सँस्कार भै सकेको छ  नि तर तिमी त.... ?' 
मैले वाक्य पुरा गर्न नपाउदै उसले जवाफ दिइ- 'हो, म पनि जान्थे तर बहुत कम । अनि फेरि हामी जस्तो कानुनका मर्यादापालक पुलिसले बाहिर गएर पिउनु नैतिकता विपरित हुन्छ । जानै हुदैन भन्ने छैन तर नैतिकताको प्रश्न भने उठ्छ ।  केही भयो भने ठूला इस्यु बन्छ ।  ड्युटीमा हुँदा ड्युटी अवधिभर हामीलाई धुम्रपान गर्न पनि मनाही छ ।'
म एकछिन झोक्रिएँ । सोचे, मेरो देशको प्रहरी प्रशासनलाई । कानूनका मर्यादापालकलाई । कानून चिथोर्ने ती ब्वाँसाहरूलाई । सम्झेर  भित्रभित्रै शर्माए तर केही बोलिन ।
क्यारनको बोली लरबरिन थालिसकेको छ । हेराइमा मादकता झन्झन् बढ्दैछ । क्यारन र प्रकाशबीच अब कुनै दूरी छैन । रातको ठीक बाह्र बजेको छ । सोफामा क्यारन र उ मात्र छन् । क्यारनको साथी बेलायती कदको सानो सेतो कुकुर भान्साबाट चिहाइरहेछ । बेलाबेलामा प्रकाशलाई भुक्छ । क्यारन भन्छे – ‘यसले तिमीलाई मन पराइरहेको छैन, तर केही छैन मैले मन पराएकी छु ।मिहिन छ कोठामा बत्तीको उज्यालो ।
मध्यगर्मी जूलाईको महिना ! आधा छाती खुलेको पातलो पारदर्शी पहिरनमा छे, क्यारन । अमेरिकी रहनसहनमा छोटो कपडा सामान्य भएता पनि त्यो मध्यराताम असामान्य आकर्षण बोकेकी छे क्यारनले त्यो पहिरनमा ! चीसो वियरको तातो रन्को अब निक्कै चढिसकेको छ क्यारनलाई । प्रकाश मौन छ एकहोरो हेरिरहेछ क्यारनलाई । पाखामा ढकमक्क गुराँस फुल्दा पुरै पाखै खुले जस्तो क्यारनका बाटुला र पोटिला अङ्गहरु बत्तिको त्यो मिहिन उज्यालोमा त्यसरी नै खुलेका छन् । मिहिन मौनतभित्रको त्यो मध्यरात दूई यौवनका वासनाले वाफिसकेको छ ।
यो अपार्टमेन्छमा तिमी किन एक्लै बसेकी ?’ क्यारन सहज जवाफ दिन्छे – ‘स्वतान्त्रताको लागि । अर्थात सीमान्त स्वतान्त्रताको लागि !
'तर एकांकी जीवनमा विरक्त र उराठलाग्दो एकरूपता हुदैन ?'
'
अनुभूत हुन्छ कहिले काहीँ तर त्यो एकरूपतामा रंग पोत्नु पर्छ । त्यसलाई  रोमान्टिकतामा बदल्नु जान्नु पर्छ अनि त्यो जति रमाइलो जीवनमा केही हुदैन ।'
'तर कसरी ?'
'इ अहिले जसरी । हेर न अहिले तिमी र म । अनि हामीसँग कुकुर मात्र छ । तर यहाँ मान्छे भए यो वातावरण नै हुने थिएन । मान्छेले मान्छेको रिस र डाहा भन्दा अरु केही गर्दैन । मान्छे वास्तवमा आफ्नै र आफूलाई विश्वास गरेको मान्छेप्रति घात गर्न नै जन्मेको हो कि जस्तो लाग्छ तर यो मान्छेभन्दा इमान्दार र  असल छ । यो कुकुर हो त्यसैले होला …… ! मान्छे भएको भए यो पनि सायद !’ केहीबेर मौन हुन्छन् दुबै ।'
पल, लुक एट मी……!’ अचानक मौनतामाथि धावाबोल्दै भन्छे – ‘हेर कतिको सुन्दर छन् ?’
प्रकाशले यति नजिकबाट त्यस्तो कुलकुलाउँदा कोमल र नौनीको लेपनले लेपिए जस्ता  कान्तिमय वयस्क फूलका थुँगाहरू देखेको थिएन । फक्रक्क फक्रिएको फूलप्रति लालयित भँमरा जस्तै प्रकाशले भन्यो – ‘म यो अनुपम् सुन्दरतालाई अलिकति अनुभूत गर्न सक्छु ?’
सक्छौ तर तिमीले यिनको सम्मान गर्नु पर्छ !आश्यार्यविम्वित आँखा घुमाउँदै उसले जिज्ञासा पोख्यो – ‘अर्थात …… ! तिम्रो मतलब क्यारन ?’
अर्थात यी नारीका गहना हुन्, नारी सुन्दरताका प्रतिक हुन । यीमाथि तिमीले थिचोमिचो गर्नु हुदैन !
नारी सौन्दर्यताप्रतिको तिम्रो यो नूतन सोचको म सधै सम्मान गर्छु क्यारन, धन्यवाद ! तिमी जस्तो चाहन्छौ….!’  हलुका स्पर्शको अनुपम अनुभूतिमा प्रकाश एका हात छिन् भूल्छन् क्यारनका आँखा त्यसैत्यसै लोलाए जस्ता हुन्छन् ।
मेरा हातको मैलो त यिनमा सरेन ?
क्यारन मुस्कुराउँदै विस्तारै आँखा खोल्छे । सायद छैन
क्यारन अमेरिका सेक्स फ्री कन्ट्री हो ?’ उनीहरु बीच अब यस्ता कुराहरु सामान्य मानिन्छन् ।
हैन, बाहिरको दुनियाँले जस्तो देख्छ यहाँ त्यस्तो छैन । यहाँ केही पनि फ्री छैन, धन्यवाद वाहेक ! त्यस्तो भए यो अमेरिकामा कति मान्छे आजीवन सेक्सको अनुभव नै नगरी किन मर्थे ?’ पल, छोड यी सब् कुरा कुनै दिन फेरी गरौंला भन्दै क्यारनले एकाएक टीसर्ट र हाफपेन्ट खोलेर फ्याकिदिन्छे र एक्कसी स्वीमड्रेसमा अवतरित हुन्छे ।
म आँगो हुँ मलाइ निभाउन सक्छौ ?’ उ लरबराएर बोल्न थालेकी छे । आफ्ना सामू एकाएक भर्भराउँदो ज्वाला दन्किए जस्तो देख्छ क्यारनलाई त्यो स्वीमड्रेसमा ! क्यारका शरीरका समुन्नत अवयवहरुको रापले आगो सामू परेको मैन अनुभूत गर्छ प्रकाशले आफूला ! अब त्यहाँ दूई अलग अस्तित्वले एकाकार खोजिरेहेछन् । आगोसँग आगो मिसिएर खरानी बन्न चाहन्छन् दुबै तर एक्कासी अस्वाभाविक हुदै प्रकाशले भन्यो – ‘क्यारन म जान्छु !
कहाँ ? तिम्रो लागि ओछ्यान तयार छ यहाँ । हामीले धेरै वियर पिइसकेका छौं,  तिमी पनि म जस्तै नशामा छौ । ड्राइभ गर्न सक्दैनौ र गर्नु पनि हुन्न । अनि म तिमीलाई जान पनि दिन्न ।क्यारनले प्रकाशलाई बडेमाको लचकदार ओछ्यानमा लगेर पल्टाइ
तर पल यो घरमा एउटा मात्र ओछ्यान छ । यो ओछ्यान तिम्रो लागि होअर्को ओछ्यान छैन, त्यसैले मेरो लागि पनि हो ।बतास एक्कासी रोकिए जस्तो, बत्ति झपक्कै निभे जस्तो एकछिन अवरुद्ध भयो प्रकाश ! आफ्नो यथार्थलाई सम्झेर उ केही बोलेन । सुनेको नसुनै जस्तो गर्यो ।
पल, तिमी अन्त कतै छौ, तर वास्तविकता यो हो कि यतिबेला तिमी मात्र मसँग छौ र म तिमीसँग !
यति भनिसक्दा क्यारनले स्वीमिङ्ग ड्रेस पनि खोलेर फ्याकी सकेकी छे । उ आदिम मानव अर्थात थाङ्नामा लपेटिनु अघिको भरखरै जन्मिएको शिशुमानव जस्तो भएकी छे । शरीर मात्र ठूलो र सानो तर अवस्था एकै छ । पलपलपलभन्दै उसका मादक व्यवाहारलाई उसेल निसंकोच र स्वतन्त्रतापूर्वक प्रकाशमाथि प्रयोग गर्न थालिसकेकी छे । उसले प्रकाशमाथि पूर्ण अधिपत्य जमाइसकेकी छे ।
यौवनको मातमाथि वियरको मातले लठ्ठिएकी बहोसीमा बोल्छे – तिमी किन अस्वाभाविक छौ ? पल, कम अन! प्रकाशबाट अपेक्षित प्रणयपूर्ण व्यवहार  नभए पछि उ केही चिच्याए जस्तै गरि बोल्छे – ‘पल, कम अन… !’ प्रकाशले अझै क्यारनका आकांक्षा र उत्कन्ठाहरुका सन्मुख रहेर पनि विमुख रहेको छ । निःशब्द र निश्चल छ प्रकाश । प्रतिकृयाविहीन !  
पल कम अन …!’ के कमजोरी छ तिमीमा कि तिमी पुरुष हैनौ ? अझै निशव्द छ प्रकाश । एउटा जिउँदो पुरुष हैन मूढो लडे जस्तो लडेको छ, उ ।
क्यारन चिच्याउँछे – ‘पल, तिमी पुरुष त हौ ?’ उ अझै केही बोल्दैन । के कमजोरी छ तिमीमा ?  कि तिमी विवाहित हौ ?’ क्यारन चिच्याएको सुनेर उसको कुकुर भुक्छ । निशव्द प्रकाश विस्तारै अर्कोतिर फर्किएर विनित भावमा जवाफ दिन्छ – ‘सरी, क्यारन तिमीले जे सोध्यौ त्यो ठीक हो अर्थात म विवाहित हुँ  मेरो मौनताभित्र लुकेको सत्य पनि त्यही हो र अर्थ पनि त्यही हो ।
प्रकाशले वाक्य पुरा नगर्दै क्यारन बेस्सेरी चिच्याउँछे – ‘नोनो…! प्रकाशलाई झट्कार्दै जुरुक्क उठेर रणचण्डी रूपकी क्यारन पैताला बजार्दै वाथरुम तिर लाग्छे । बाथरूमभित्र लामो सास फेर्छे । चीसो पानीले खल्खली नुहाउन थाल्छे ।
पाँच मिनेट पछि गाउनमा लपेटिएर आएकी क्यारनले आफ्नो भिजेको कपाल, खुल्ला छातीमा बग्दै गरेका पानीका थोपा प्रकाशको छातीमा चुहाउँदै आफ्ना कोमल बाटुला औंलाले प्रकाशका हात सुम्सुम्याउँदै मलिन स्वरमा भन्छे – ‘सरी, पल म क्याथलिक हुँ विवाहित पुरुषसँग ...... म अपाराध ठान्छु तर अब म तिमीलाई अझ बढी माया गर्छु । तिमीलाई एउटा सम्मानित र असल साथीको रुपमा राख्छु । तिम्रो इमान्दारिताको कदर गर्छु र म पनि इमान्दार भइरहने प्रयत्न गर्छु । तिमी झूठ पनि बोल्न सक्थ्यौ तर तिमीले बोलेनौ ।
गाउनभित्रबाट चिहाइरहेका यौवनका फूलप्रति लालयित आँखा अर्कातिर फर्काउँदै  प्रकाशले भन्यो – ‘क्यारन म घर जान्छु ।क्यारनले एकतमासले प्रकाशको अनुहारमा केहीबेर हेरिरही र स्वीकृतिको टाउक हल्लाई । मध्यरातमा उ घरतिर लाग्छ - थोरै होसमा धेरे वेहोसीमा ।
अहिलेसम्म सोचिरहेछ – ‘मध्यरात पछिको क्यारनको वाँकी त्यो रात कसरी वित्यो होला ? अनि त्यतिबेला मलाई श्रीमती र छोराको अनुहार क्यारनको अनुहारमा प्रतीत नभएको भए वा भएर पनि मैले झूठ बोलेको भए जीन्दगीले कुन मोड लिन्थ्यो होला ................................?’
अगष्ट ११, २००९ बोस्टन अमेरिका ।

4 comments:

  1. वाह!!! कस्तो राम्रो संग लेख्नु भयो। कहा पाउनु यो जमनामा यस्ता मान्छेहरु। दुबै जना ईमान्दार लागे र आफ्नो मुल्यलाई भुलेनन् सलाम दुबैजनालाई र तपाईको सुन्दर प्रस्तुतीको लागि।

    ReplyDelete
  2. शिब प्रकाश जी ... कति सहज तरिकाले लेख्नु भएको ... पढ्दा पढ्दै सिद्धिएको पति भएन ... तपाइँ असल लेखक हुनु हुन्छ | अनि आफ्नो मातृभूमिको गन्ध त जे जसो गरे पनि आइहाल्दो रहेछ | नेपाली हुनुको राम्रो परिचय दिनु भएको रहेछ ... तर दु:ख को कुरा आफ्ना विदेशी मित्र हरुलाई आफ्नो देशको बारेमा यथार्थ भन्नु पर्दा पनि सरम लाग्छ |

    ReplyDelete
  3. अत्यन्त सुन्दर प्रस्तुती !!

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !