Sunday, August 30, 2009

हारजीत (मुक्तक)

शिव प्रकाश
हारजीतको कुरा नगर प्रिये, सुन्दर नारी हौ तिमी
हार्दिनौ कहिल्यै प्रिये, यौवनको फूलबारी हौ तिमी
प्रिये, मान्छे त के; ढुङ्गो पनि पग्लिन्छ तिम्रा सामू-
नतमस्तक छु म पनि, सबैकी प्राणपियारी हौ तिमी !

2 comments:

  1. वाह! अत्यन्त सुन्दर मुक्तक ।

    ReplyDelete
  2. तपाईका देश भक्तिका गित दिनको ४-५ पटक नै सुन्दै काममा ब्यस्त भईरहनुको आनन्दको के बयान गरु !
    तर यो प्रेम स्रेम का गित कथा मा चै तपाइँ नारीलाई उल्याउना - खुल्याउना अत्यन्तै माहिर हुनुहुन्छ ,
    ' यौबन को फूलबारी हौ तिमि -- मान्छेको त के ढुंगाको पनि मन पग्लंच - सबैको प्राण प्यारी हौ तिमि --- ' बाह ! क्या गतिलो इज्जत दिनु भयो तपाइको प्यारलाइ !
    सायद चोटले पनि होला -- यसरि आक्रामक हुनु भएको -- बिचरा !

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !