Tuesday, September 8, 2009

गिदीबिनाका पुच्छरहरु

हल्लिन्छन् पुच्छरहरु -
हावाले हल्लाउँदा पनि
जीउले हल्लाउदा पनि
मासुको एक टुक्रामा पनि
जुठो थाल चाट्ने लालसामा पनि
रछानमा मुख गाड्ने अभिलामा पनि
र, हल्लिन्छन पुच्छरहरु -
सिनो चिथोर्न पनि
हड्डी टोक्न पनि
किन भने -
पुच्छरको गिदी हुदैन !
प्रशस्त छन् -
गिदीबिनाका पुच्छरहरु
मेरो देशमा,
टाउका छन्
सबै परदेशमा
परदेशी टाउका हल्लिदा
स्वदेशी पुच्छर हल्लिन्छन्
मरो देशमा !
किन भने -
पुच्छरको टाउको हुदैन
टाउकोबिनाको पुच्छरको
गिदी हुदैन !
गिदीबिनाको पुच्छर
स्वविवेकले हल्लिन सक्दैन !

(अश्रृंगार कविता अभियान ..........)

5 comments:

  1. कस्तो उपमा दिनु भएको शब्द पढेर हाँसो लाग्यो अनि तत्कालै यथार्थले गम्भिर पनि बनायो । तपाईंकै शब्द सापटी लिएर भन्छु म पनि -
    गिदिबिनाका पुच्छरहरु ।

    ReplyDelete
  2. अहिलेको राजनैतिक परिवेशमा तपाँइ सत्प्रतिशत सहि हुनुहुन्छ ।

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !