Thursday, October 8, 2009

मृत्युजीवन

शिव प्रकाश

चाहन्छ–
धेरैधेरै बाँच्न,
तर मान्छे
बाँचिरहेछ-
मर्नका लागि !
ठान्छ–
जीवित छु
तर मान्छे
जीवन साँचिरहेछ-
मृत्युका लागि !

सुरुवातको
सुरुवात हुन्छ–
अन्त्यका लागि
उदाउँछ घाम–
अस्ताउनका लागि !
सन्ध्याले सधैं
बिहानीलाई पर्खिरहेको हुन्छ–
मृत्युका लागि
जीन्दगी सधैं बाँचिरहेको हुन्छ !

दुःखी छ मान्छे-
दुःखको कार
मान्छेको
मान्छे आफै बनेको छ
सुखी छैन मान्छे-
सुख हरण
मान्छेको
मान्छे आफैंले गरेको छ
सधै बाँचिरहन चाहन्छ मान्छे–
दुःखको कारण बनेर
सधैं हाँसिरहन चाहन्छ मान्छे
सुखको हरण गरेर
लोभी मान्छे–
बाच्ने लालसामा
मृत्य सधैं
जीउँदो राखिरहन्छ !
लालची मान्छे
पटकपटक मरेर
मृत्युजीवन बाँचिरहन्छ
!


(अश्रृंगार कविता अभियान.....)

2 comments:

  1. दुःखी छ मान्छे-
    दुःखको कारण मान्छेको
    मान्छे आफै बनेको छ

    यथार्थ अंगालेका दार्शनिक हरफहरु ..
    कविताले मन छोयो

    ReplyDelete
  2. सुन्दर कविता!!

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !