एउटा अनुहारमा
मुख छ- बाउँछ
दाँत छ- चपाउँछ
जीब्रो छ- पड्काउँछ
नाक छ- सुङ्छ
आँखा छ- देख्छ सबैलाई
त्यही आँखाले-
देख्दैन आफूले आफैंलाई
मान्छ हो- चिन्छ सबै
त्यही मान्छे चिन्दैन-
आफूले आफैंलाई
परिचिछ छ- सबै सामू
तर अपरिचित छ-
आफैसँग आफू
टाउको छ-
छोपेको छ टोपीले
शरीर छ-
ढाकेको छ महँगा वस्त्रले
टाउको-शरीर ढाकिए पनि
अनुहार नाङ्गै छ
नाङ्गो अनुहारले-
अनुहारबिनाको
उसको अनुहार देखाइरहेछ
इमान झल्काइरहेछ
इज्जत छछल्काइरहेछ
इन्द्रियबाहेक अनुहारमा-
इज्जत हुन्छ
इमान हुन्छ
निष्ठा हुन्छ
तर रित्तो छ
उसको अनुहार !
यी सबै उसले बेचिसकेको छ
बाँकी अनुहारबिनाको
बेमान अनुहार पनि
उ अझै बेच्न खोजिरहेछ !
(अश्रृंगार कविता अभियान....)
मुख छ- बाउँछ
दाँत छ- चपाउँछ
जीब्रो छ- पड्काउँछ
नाक छ- सुङ्छ
आँखा छ- देख्छ सबैलाई
त्यही आँखाले-
देख्दैन आफूले आफैंलाई
मान्छ हो- चिन्छ सबै
त्यही मान्छे चिन्दैन-
आफूले आफैंलाई
परिचिछ छ- सबै सामू
तर अपरिचित छ-
आफैसँग आफू
टाउको छ-
छोपेको छ टोपीले
शरीर छ-
ढाकेको छ महँगा वस्त्रले
टाउको-शरीर ढाकिए पनि
अनुहार नाङ्गै छ
नाङ्गो अनुहारले-
अनुहारबिनाको
उसको अनुहार देखाइरहेछ
इमान झल्काइरहेछ
इज्जत छछल्काइरहेछ
इन्द्रियबाहेक अनुहारमा-
इज्जत हुन्छ
इमान हुन्छ
निष्ठा हुन्छ
तर रित्तो छ
उसको अनुहार !
यी सबै उसले बेचिसकेको छ
बाँकी अनुहारबिनाको
बेमान अनुहार पनि
उ अझै बेच्न खोजिरहेछ !
(अश्रृंगार कविता अभियान....)


5 comments:
कस्तो राम्रो !!!
कति मीठो कविता आहा!
nice poem
Simply the best ... liked it !
अत्यन्त सुन्दर !!
Post a Comment
यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !