शिव प्रकाश

तिम्रो अर्थभित्र
धेरै अर्थ हुन सक्छ
त्यो अर्थको अर्थ जे पनि हुन सक्छ
अनर्थ पनि हुन सक्छ
व्यर्थ पनि हुन सक्छ
किमार्थ केही नहुन पनि सक्छ !
तिमी अर्थ हैन
भाव बोलिरहेका छौ
त्यो भावको स्वभाव
जस्तो पनि हुन सक्छ
त्यो भावभित्र
कुभावको प्रभाव पनि हुन सक्छ
भावको अभाव पनि हुन सक्छ
दूर्भावको प्रचुर स्वभाव पनि हुन सक्छ !
तिमी शब्द हैन
नियत बोलिरहेका छौ
त्यो नियतको साथी
बदनियत पनि हुन सक्छ
त्यो नियतसँग
कुनियतको बास पनि हुन सक्छ
त्यो नियत भित्र
दूर्नियत आभास पनि हुन सक्छ
तिमी विश्वास हैन
आसय बोलिरहेका छौ
त्यो आसयभित्र
विश्वासघातको आमाशय पनि हुन सक्छ
घात-प्रतिघातको गर्भाशय पनि हुन सक्छ
अश्विश्वासको जलाशय पनि हुन सक्छ
दूरासयको शौचालय पनि हुन सक्छ !
विश्वासभित्र विश्वास बाहेक
केही नभए जस्तै
अनि अविश्वासभित्र विश्वास बाहेक
जे पनि भए जस्तै
तिम्रो अर्थको अर्थ जे पनि हुन सक्छ
किमार्थ केही नहुन पनि सक्छ !
(अश्रृंगार कविता अभियान …)
बोस्टन, अमेरिका ।
(२०६८ असोज मधुवर्क)

तिम्रो अर्थभित्र
धेरै अर्थ हुन सक्छ
त्यो अर्थको अर्थ जे पनि हुन सक्छ
अनर्थ पनि हुन सक्छ
व्यर्थ पनि हुन सक्छ
किमार्थ केही नहुन पनि सक्छ !
तिमी अर्थ हैन
भाव बोलिरहेका छौ
त्यो भावको स्वभाव
जस्तो पनि हुन सक्छ
त्यो भावभित्र
कुभावको प्रभाव पनि हुन सक्छ
भावको अभाव पनि हुन सक्छ
दूर्भावको प्रचुर स्वभाव पनि हुन सक्छ !
तिमी शब्द हैन
नियत बोलिरहेका छौ
त्यो नियतको साथी
बदनियत पनि हुन सक्छ
त्यो नियतसँग
कुनियतको बास पनि हुन सक्छ
त्यो नियत भित्र
दूर्नियत आभास पनि हुन सक्छ
तिमी विश्वास हैन
आसय बोलिरहेका छौ
त्यो आसयभित्र
विश्वासघातको आमाशय पनि हुन सक्छ
घात-प्रतिघातको गर्भाशय पनि हुन सक्छ
अश्विश्वासको जलाशय पनि हुन सक्छ
दूरासयको शौचालय पनि हुन सक्छ !
विश्वासभित्र विश्वास बाहेक
केही नभए जस्तै
अनि अविश्वासभित्र विश्वास बाहेक
जे पनि भए जस्तै
तिम्रो अर्थको अर्थ जे पनि हुन सक्छ
किमार्थ केही नहुन पनि सक्छ !
(अश्रृंगार कविता अभियान …)
बोस्टन, अमेरिका ।
(२०६८ असोज मधुवर्क)
3 comments:
यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !