शिव प्रकाश
तिमीभित्र तिमी जस्तै
तिमी नभए
मभित्र म जस्तै
म पनि नहुन सक्छ
म म जस्तै हुन
तिमी भित्रको तिमी पनि
सायद उस्तै हुनु पर्छ
एकाकार भए पनि तिमी र म
तिमीभित्रको तिमी र मभित्रको म
एकाकार नभएसम्म
मनले मन नचिन्न सक्छ
शरीरले शरीर चिने पनि
मनले मन नचिने
एक मनले अर्को मन कटक्क खान सक्छ
के थाह
मान्छे जस्तै
तिमीभित्र अर्को तिमी
अनि मभित्र अर्को म भए
शरीरको रंग उस्तै भए पनि
अन्तरंगको रंग फरक हुन सक्छ ।
छेपारको रंग बाहिर फेरिए जस्तै
मान्छेको रंग भित्रभित्रै फेरिन सक्छ ।
तिमी नभए
मभित्र म जस्तै
म पनि नहुन सक्छ
म म जस्तै हुन
तिमी भित्रको तिमी पनि
सायद उस्तै हुनु पर्छ
एकाकार भए पनि तिमी र म
तिमीभित्रको तिमी र मभित्रको म
एकाकार नभएसम्म
मनले मन नचिन्न सक्छ
शरीरले शरीर चिने पनि
मनले मन नचिने
एक मनले अर्को मन कटक्क खान सक्छ
के थाह
मान्छे जस्तै
तिमीभित्र अर्को तिमी
अनि मभित्र अर्को म भए
शरीरको रंग उस्तै भए पनि
अन्तरंगको रंग फरक हुन सक्छ ।
छेपारको रंग बाहिर फेरिए जस्तै
मान्छेको रंग भित्रभित्रै फेरिन सक्छ ।
(अश्रृगांर कविता अभियान…)
बोस्टन, अमेरिका ।
2 comments:
यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !