शिव प्रकाश
बसेका छन्- आँखामा ब्वाँसाहरु !
घुमेका छन्- चेतनामा चीलहरु !
लुकेका छन्- मनपेटमा चितुवाहरु !
नाचेका छन्- अनुहारमा बिरालाहरु !
उडेका छन्- मतिष्कमा गिद्धहरु !
लुपेका छन् कोखमा सापहरु !
चुहाउँछन् संवेदनाका आँशु- गोहीहरु !
भेटिन्छन्- व्यवहारमा स्यालहरु !
देखिन्छन्- स्वरुपमा ती मान्छेहरु !
के यस्तै हुन्छन्
मान्छे जस्ता देखिने मान्छेहरु ?
(अश्रृंगार कविता अभियान …)
बोस्टन, अमेरिका ।
3 comments:
यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !