शिव प्रकाश
यो मन्मन्दिर उजाड पारी कुन मन्दीर गयौ ?
त्यै मन्दीरमा पोहर एउटा वर मागेकी थ्यौ
उही देउता भाकी तिमीले कसम खाएकी थ्यौ
दुःख पर्दा देउता सम्झी ढोगी हिडेकी थ्यौ
सुखी हुँदा ढुङ्गा ठानी लत्याइ हिडेकी छौ ।
घाउ लाग्दा तिमीलाई मलाई दुख्ने गर्थ्यो
तिमी कतै गइदिँदा मन उतै सर्थ्यो
विश्वासमाझ आज एउटा चिरा परेको छ,
हामी हिड्ने बाटो अब दुईटा भएको छ ।
* लोकप्रिय गायक स्वरूपराज आचार्यको स्वरमा यो गीत सुन्न तलको भीडियोमा क्लिक गर्नु होला ।
http://www.youtube.com/watch?v=aY_8FamPTCU
3 comments:
यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !