शिव प्रकाश
निभ्न सकेनन् मुटुका ज्वाला
यी आँखाका आँशुले,
निको पारेनन् कलेजीका घाउ तिम्रा झूठा कसमले !
पूजेको ढुंगो लत्याइ हिड्यौ हेरिनौ फर्केर,
बेहोसीमा सायद कसम खायेथ्यौ कसैलाई भाकेर !
निको पारेनन् कलेजीका घाउ तिम्रा झूठा कसमले !
पूजेको ढुंगो लत्याइ हिड्यौ हेरिनौ फर्केर,
बेहोसीमा सायद कसम खायेथ्यौ कसैलाई भाकेर !
भैगो नसोध अब मलाई सोधिहेर आफैलाई,
के देख्यौ तिमीले आफुभित्र खोजिहेर आफैंलाई !
निको पारेनन् कलेजीका घाउ तिम्रा झूठा कसमले !
* नेपाली मूलकी भारतीय गायिका चन्दा देवीको सुरिलो स्वरमा यो गीत सुन्नका लागि कृपया तलको भीडियोमा क्लिक गर्नु होस् ।
http://www.youtube.com/watch?v=OJpAvRtugY0&feature=related
1 comments:
यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !