शिव प्रकाश

उसले
कतै नभएको
कोही नहिडेको
एउटा बाटो खोज्यो
बाटोबिनाको बाटो रोज्यो
न सुरुवात छ न अन्त्य छ
जुन बाटोमा उ निरन्तर हिडिरहेछ ।
धरतीमा कहीँ कतै
नकोरिएको÷नलेखिएको
बाटोबिनाको बाटोमा
बोझिला पाइला टेकेर
आकाश निहाल्दै
बारम्बार लडिरहेछ
बाटोबिनाको बाटोमा
बाँझो धरतीमा !
जुन बाटो
उ हिडिरहेछ
त्यो बाटो
उ हैन
उमाथि बाटो हिडिरहेछ !
छोडेर सम्पूर्ण निश्चिततालाई
उ निरन्तर हिडिरहेछ
अनिश्चितताको उही बाटो
बाटोबिनाको बाटो
न कहीँबाट सुरु हुन्छ
न कहीँ गएर टुङ्गिन्छ
उ हिडेको बाटो !
(अश्रृंगार कविता अभियान)
बोस्टन अमेरिका ।
3 comments:
यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !