नसम्झे नि खुसी छाउँदा, सम्झनु है दुःख पर्दा
भोली
फेरी अँध्यारोमा, तिमी हराउँदा
कर्कलाको पानी नहोस्, सुख कतै जीवनीमा
आँधीबेरी नआएस् है, मेरो जस्तो जिन्दगीमा ।
एउटा थियो साथी हिजो, साथ खोज्ने दुःखी हुँदा
बदलिएछ मनसँगै, साथी पनि सुखी हुँदा।
सुख भोग्ने रहरमा, आकाश हेरी हिड्छ
मान्छे
धरतीमा हैन पाइला, छाती टेकी बढ्रछ
मान्छे
यस्तै रैछ जिन्दगानी, कर्कलाको पानी
माया हैन मान्छे रोज्ने, आँखाका ती नानी !
नसम्झे नि, खुसी
छाउँदा, सम्झनु है दुःख पर्दा
भोली
फेरी अँध्यारोमा, तिमी हराउँदा ।
बोस्टन,
अमेरिका
0 comments:
Post a Comment
यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !