Tuesday, February 2, 2010

गीत - झन् दुख्ने यो मन !

शिव प्रकाश

बुझाउन खोज्छु, यो मनलाई झन् दुखेर आउँछ,
विर्सन खोज्छु, ति दिनलाई झन् बल्झेर आउँछ ।

मीठास त्यो बोली मनपेट जाली था’पाउनु कसरी,
अँगालो हाली यो मुटुमा धसेको छुरी विस्रनु कसरी ?

थाहै भएन त्यो छातीभित्र मन हैन, ढुङ्गो पो रहेछ
चिन्नै सकिन त्यो मान्छेभित्र अर्कै मान्छे पो रहेछ !

अथाह फरक हुदो रहेछ, देखिने र भोगिने मान्छेमा
नभेटिदो रहेछ मान्छेभित्र मान्छे यी आँखाले देख्दैमा !

बुझाउन खोज्छु, यो मनलाई झन् दुखेर आउँछ
विर्सन खोज्छु, ति दिनलाई झन् बल्झेर आउँछ ।

2 comments:

Basanta said...

एउटा सफल गीत! बिरही भावलाई राम्ररी गाएको छ।

Milan said...

राम्रो गीत ... सङ्गीत हाली गाउँदा अझ मुटु छुने बन्ला

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !