Saturday, March 27, 2010

"स्पन्दन"






कृष्णराज खनाल,बोस्टन,२५ मार्च

न त्यहाँ कुनै तामझाम थियो, न त्यहाँ कुनै औपचारिक कार्यक्रम वा समारोह नै थियो ! न त्यहाँ कुनै मञ्च, पोडियम र साजसज्जा नै थियो ! न त्यहाँ विभिन्न विशेषणद्वारा विभूषित कुनै प्रमुख अतिथि अथवा अतिथि नै थिए, थिए भने त्यहाँ एक दुइ स्रष्टा र दुइचार संचारकर्मीमात्र थिए !
विमोचन र लोकार्पणका नाउँमा नेपालमा हुने गरेका अस्वाभाविक, अस्वस्थ र आर्थिक रुपले अति उच्छृङ्खल परम्परालाई तोड्दै स्रष्टा शिव प्रकाश आफैले आफ्नो पहिलो सांगीतिक कृति "स्पन्दन" र्सार्वजनिक गरेका छन् । काठमाण्डौंमा एक नितान्त अनौपचारिक कार्यक्रमबीच आफ्नो एकल गीती एल्बमको विमोचन आफैले गरेर नयाँ परम्पराका लागि पहल गरेको कुरा उनले बताएका छन् । कुनै पनि सांगीतक र साहित्यिक कृतिको विमोचनमा अनावश्यक भीड जम्मा गरिने, सम्वन्धित विषयमा रतिभर ज्ञान नभएको असम्वन्धि व्यक्तिलाई प्रमुख अतिथि र अतिथि बनाई राजनीतिक गालीगलौजमा उतार्ने र उत्रने गरेको उदाहरणहरु प्रसस्त पाइएकोले यस्ता परम्परालाई तोड्ने प्रयास स्वरुप आफूले आफ्नै कृति अनौपचारिक रुपमा र्सार्वजनिक गरेको कुरा स्रष्टा शिव प्रकाशले बोस्टनमा बताएका छन् । गीतकार शिव प्रकाश केही वर्षेखि अमेरिकाको बोस्टनमा बस्दै आएका छन् ।
नेपाली आधुनिक गीतको बजारमा
शिव प्रकाशको स्पन्दनले प्रवेश पाइसकेको छ । परदेश र घरदेशमा रहेका लाखौलाख श्रोताहरुमाझ स्पन्दन लिएर आएका शिव प्रकाशले एल्वममा आठ आधुनिक गीत र दुइ संगीत ट्रयाक समावेश गरेका छन् ।
नेपालका चर्चित त
था लोकप्रिय गायक/गायिकाहरुद्वारा स्वरवद्ध उनका गीतहरुमा प्रेम र विछोड, मातृभूम्रि्रतिको माया र गाउँघरका सम्झनाहरु समेटिएका छन् । मीठा शब्द संयोजनमा रामकृष्ण ढकाल, अन्जु पन्त, स्वरुपराज आचार्य, शिशिर योगी, अन्जना गुरुङ, रामभक्त जोजिजु,डिजराज पौड्याल र नेपाली मूलकी भारतीय गायिका चन्दादेवीका स्वरले गीतहरु कर्णप्रीय र सुमधूर भएका छन् । बी. बी. अनुरागीले संगीत भरेका छन्। जोत्सना पौड्याल निर्माता रहनु भएको स्पन्दनलाई म्युजिक डट कमले बजारमा ल्याएको छ ।

2 comments:

  1. वेदनाथ पुलामी (उमेश )March 29, 2010 at 1:31 PM

    शिव प्रकाश जी ! लाइ गीति एल्बम को सफलता को कामना गर्दछु ! र हरेकको स्पन्दन छुन सकोस ....... र स्पन्दन भएर रहोस !

    ReplyDelete
  2. शिव प्रकाशजी, बधाई र सफलताको शुभकामना!

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !