Tuesday, June 15, 2010

अँध्यारो शहर



शिव प्रकाश
बिकेका छन्
मान्छेजस्ता देखिने मान्छेहरू
मान्छेका आस्था र अस्मिताहरु
नैतिकता र निष्ठाहरु
विश्वास र वर्तमानहरु
अँध्यारोभित्र अँध्यारो शहरमा !

अँध्यारोभित्र

अँध्यारो शहर
लुटिरहेछ/लुछिरहेछ
तानिरहेछ/हानिरहेछ
मारिरहेछ/खाइरहेछ
निरन्तर/लगातार
मान्छेका
अवस्थाहरु/विवशताहरु ।

अँध्यारोभित्र

अँध्यारोमा रमाउने
अँध्यारो रुचाउने
अँध्यारा तानाशाहहरु जन्माउने
अँध्यारो शहर
सघन अँध्यारोभित्र
भित्रभित्रै हाँसेको छ
भित्रभित्रै नाचेको छ
अर्को तानाशाह जन्माउने
भीषण तम्तयारीमा भित्रभित्रै जुटेको छ

अँध्यारो भित्र 

अँध्यारो शहर ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !