Thursday, June 17, 2010

फूलमा खोजेँ-दिलमा खाजेँ (गीत)

शिव प्रकाश

नदेखे 'नि फूलमा तिमीलाई  दिलमा  देखेको छु
हृयदयमा लुकी बस्ने मान्छेलाई चिनिसकेको छु

माला   गाँस्दै  पिरतिका  सपनीमा सधैं  चिहाउँने
यो मनसँगै  उडाई  लाने   गोधुलीमा  सधैं हराउने
वादलुको छायाँभित्र   माया   मेरो किन  लुकाउँछौं
भन  मेरी प्रियतम्,  भन  मलाई  किन छक्याउँछौं ?

नभेटे  'नि  वनमा तिमीलाई,  मनमा भेटेको  छु
हृयदयमा लुकी बस्ने मान्छेलाई चिनिसकेको छु

 उडिर'न्छ  यो  मन  कतै  कसैलाई  सधैं खोजिर'न्छ
प्रभातको आश  बोकी पर्खाइमा दिन विताइदिन्छ
मधुमासको दीयो बल्छ सपनीमा तिमी सधैं आँउदा
अध्याँरो झैं लाग्छ फेरी विहानीले सन्देश नल्याउँदा



No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !