Friday, June 18, 2010

जीवन बिनाको जिन्दगी

केही पाउन जीवनमा, गुमाएछु धेरै
जिन्दगीको जोड्घटाउमा, लुटाएछु धेरै ।।

बेहिसाब चल्यो जीवन, चलिरह्यो सधैं
हिसाब गरेँ नोक्सानी नै, बढाएछु धेरै ।।

तान्दैछु यो जीवनटाँगा, मालिककै लागि
खोज्दा खोज्दै पाए भन्दा हराएछु धेरै ।।

ढले  कयौ  दिन - रात, वर्ष  कति  ढले
यौवनका  गाढा रंग, सुकाएछु  धेरै ।।

साथी थियो एक्लोपनको आफ्नै साथी आफ्नो
छट्पटीका  रात साथै हिँडाएछु धेरै ।।

एकबारको जिन्दगी यो, बन्धकीमा राखेँ
बिना जीवन जिन्दगी यो, बिताएछु धेरै ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !