Saturday, June 26, 2010

मान्छेको छाला ओढेको मान्छे

भेटिन मान्छे  मान्छेभित्र मैले  भेटाउने कसरी
एउटै मान्छे  फरक छ  रूप  बताउने  कसरी ?

बाहिर उही  भित्र  छ कोही मान्छेभित्र मान्छे छ
देखिन्छ मान्छे आँखाले मात्रै छुट्याउने कसरी ?
शिव प्रकाश
मुखले बोल्छ त्यो मान्छे मीठो विष घोल्छ मनमा
देखिने  मान्छे  बेहोर्नु  पर्दा   छुटाउने  कसरी ?

मान्छेको  रूप  विराट  स्वरूप देखिन्न  नभोगी
लुकेर  भित्र बसेको  त्यो रूप  देखाउने  कसरी ?

छुपेर  भित्र  कुमान्छे  बस्छ  मान्छेको  मनमा
मान्छे हुँ भन्छ कुमान्छे पनि  था' पाउने कसरी ?

मान्छेको छाला ढ्दैमा मान्छे हुन्छर त्यो मान्छे ?
गोठालो  बस्छ  गाको   बाघ   पत्याउने  कसरी  ?

1 comment:

  1. शिव दाइ अब यो मान्छे र कुमान्छे छुट्याउने / पत्ता लगाउने कसरि भन्दा गफै को भर र चिनेकै भरमा चाही निकै गाह्रो हुने रहेछ ... जब उक्त व्यक्ति संग कुनै ब्यबहार (विशेस त आर्थिक ) गरिन्छ नि ! नर्मल त त्यस्तो समयमा अलिक राम्ररी नै चिन्न सकिन्छ कि ? जस्तो लाग्छ !
    जेहोस राम्रो लाग्यो गजल !
    के थाह ! मान्छे, मान्छे हो कि रुप मात्र मान्छे हो !
    चैते खडेरीमा झरी पर्यो, साउने कसरी ?

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !