Friday, June 18, 2010

राजधानी भित्रको जन्तुराजधानी

राजधानीभित्र     एउटा अर्को     राजधानी      त्यहाँ
पुच्छरबिनाका  पशुका लागि,    निगरानी     त्यहाँ ।।

बागमती  वारी   दरबार  सिँह नाउँ  त्यो   जन्तुको
दरबारभित्र  स्याल-ब्वाँसाको,   तानातानी  छ त्यहाँ ।।

बागमती पारी  चिडियाखानाथुनिन्छन्  जन्तु जहाँ
खुला छन् ती वारी सादय सधै, हानीहानी छ त्यहाँ।।

सिङ्-पुछ्छर नै किन चाहियो,  कर्तुन  नै काफी छ
सिँहदरबार   भित्र   सधै  नै,    मनोमानी     त्यहाँ ।।

जन्तुराजधानी  अजीव ठाउँ,   राजधानी भित्र  त्यो
जनताले  थुक्ने  एउटा  ठूलो,    थूकदानी    त्यहाँ ।।

बोस्टन अमेरिका । Friday, June 18, 2010

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !