Tuesday, July 6, 2010

मादक त्यो रात....

शिव प्रकाश


बगैंचामा   सुन्दर  फूल   एउटा  फुलेको   थियो
कलेजीमा कतै  उनकै  तस्वीर  डुलेको  थियो ।।

पर्खाइमा  दिन बित्थे  मन्भरी  पालेर  तृष्णा
मादक बन्थे रातहरु  जुनतारा खुलेको  थियो ।।

वर्षातको  रात थियो झन् मीठो रातको मात
वयल  खेल्थे यौवन ती तन्मन झुलेको थियो ।।

बग्थ्यो सिन्धु मादक बनी ओढेर गोधुली घुम्टो  
किनारमा यो मन कतै डुंगा सरी भुलेको  थियो ।।

मदहोसी यौवन  थियो  उमंग  अंग-अंगमा
नजरको मोहक नशा मनमा घुलेको थियो ।


2 comments:

  1. शिव प्रकाशजी , मेरो ब्लगको ठेगाना तपाइंकोमा ब्लागरोलमा पनि जोड्नुहोला , रहेनछ । धन्यवाद !
    गज़ल मिठो छ, एउटा गज़ल मैले नि थमाएं, स्विकार्नुस है त ?

    मदहोस यौवन थियो, उमंग'थ्यो अंगभरी
    मानौं उनको हेराइमै, मिठो नशा घुलेको थियो

    ReplyDelete
  2. कृष्णपक्षजीको सुझाव अनुरूप अर्को एक शेर बनाइ यसरी थपेँ । धन्यवाद कृष्णजी ।
    मदहोसी यौवन थियो उमंग अंग-अंगमा
    नजरको मोहक नशा मनमा घुलेको थियो ।।

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !