Wednesday, July 7, 2010

कथा- शिव प्रकाशको !


शिव प्रकाश
झिनो रहर
श्रीमती बनेर यो !
बलियो वाध्यता
म अफैं भएर गएँ !
रहर र वाध्यता
श्रीमान् श्रीमती भए !

भइरह्यो  निरन्तर-
प्रेम-प्रणय,
प्रणय-प्रेम !
जन्मियो एक सन्तान
अमेरिकाको वास !
जीवन प्रवासको
यही हो कथा-
शिव प्रकाशको !

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !