Wednesday, July 14, 2010

रातको मात


शिव प्रकाश

रात वित्यो त्यो बातै बातमा
मन थियो यो मौन मातमा ।।

छाल थियो  नयन तालमा
हात थियो  उनको हातमा ।।

भूल हैन, स्पर्श हो फूलको
थियो एक कबुल रातमा ।।

शीत बिन्दु पोखियो मादक

नौलो रंग  थियो, सातमा ।।

रात वित्यो त्यो बातै बातमा
मन थियो  यो मौन मातमा ।।


बोस्टन, अमेरिका । बिहीवार, जुलाई 15, 2010

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !