Tuesday, July 20, 2010

गजल - एक परिकार भागमा हजूरको

शिव प्रकाश

पस्केको छु एक गजल, भागमा हजूरको,
कमि छ कि नूनमसला, सागमा हजूरको !

ठानेको छु एक स्वाद, मीठासमा गजलको
न होला कि रंग सेतो, कागमा हजूरको !

रोपेको छु एक फूल, सृजनाको फाँटमा
सुन्दर - मनोहर यो, बागमा हजूरको !

राखेको छु एक फिराद, समीप यहाँको
मुराद के लुकाउनु, मागमा हजूरको !

देखिन्छ फूल सुन्दर, कागजको पनि
लुकेको छ दोष कहीँ, दागमा हजूरको !

गरेको छ गल्ती कति, देखाउँ कसरी ?
छुपेको छ रोष कहीँ, रागमा हजूरको !

बोस्टन, अमेरिका । जुलाई 21, 2010

4 comments:

  1. did't understand urdu word butit has given aromatic flavour on this gazal...beautiful absolutely beautiful gazal.

    ReplyDelete
  2. मेरो सागमा नुन मसला को कमी त अवस्य नै पुरा भयो.. अति मीठो गजल,नौनी खाए झै भयो ..

    ReplyDelete
  3. यो गजलले आफ्नै मितेरी स्वर र संगीत पाए नेपाली गजल इतिहासको शोभा बन्ने थियो...

    ReplyDelete
  4. राखेको छु एक फिराद, समीप यहाँको
    मुराद के लुकाउनु, मागमा हजूरको! --

    ~~ :) ~~

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !