शिव प्रकाश
बाहिर म
छु,
म भित्र एउटा अर्को म छ,
एउटा म दुईटा छु,
दुइटा म एउटै देखिन्छु !
म भित्रको म,
सधैं म भन्छ,
मेरो भन्छ,
मलाइ भन्छ,
मैले भन्छ,
मै हुँ भन्छ ।
मान्छ, गन्छ, चिन्छ,
खोज्छ, सोध्छ, सुन्छ,
पढ्छ, बुझ्छ, देख्छ,
मलाई मात्र !
टेक्छ शिरमा अरुका
टेक्न पाउँदा ती शिरमा,
मै हुँ भन्छ,
मै हुँ ठान्छ !
गर्दैन सम्मान
तँलाई,
तिमीलाई,
तपाइँलाई,
हजूरलाई,
कसैलाई !
नगरोस सम्मान्,
अपमान पनि नगरोस्,
अनुरोध मेरो मसम्म पुगोस् !
म भित्र एउटा अर्को म छ,
एउटा म दुईटा छु,
दुइटा म एउटै देखिन्छु !
म भित्रको म,
सधैं म भन्छ,
मेरो भन्छ,
मलाइ भन्छ,
मैले भन्छ,
मै हुँ भन्छ ।
मान्छ, गन्छ, चिन्छ,
खोज्छ, सोध्छ, सुन्छ,
पढ्छ, बुझ्छ, देख्छ,
मलाई मात्र !
टेक्छ शिरमा अरुका
टेक्न पाउँदा ती शिरमा,
मै हुँ भन्छ,
मै हुँ ठान्छ !
गर्दैन सम्मान
तँलाई,
तिमीलाई,
तपाइँलाई,
हजूरलाई,
कसैलाई !
नगरोस सम्मान्,
अपमान पनि नगरोस्,
अनुरोध मेरो मसम्म पुगोस् !
(अश्रृंगार कविता अभियान.....)
बोस्टन, अमेरिका । जूलाई २३, २०१०
1 comments:
यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !