Saturday, August 7, 2010

गजल - झूक्न चाँहिन

शिव प्रकाश 
बाँच्न जानिन मरेर, झुक्न चाँहिन
झुक्न सकिन बाँचेर, लुक्न चाँहिन 

सापट लिएर तिम्रो, गद्दार बुद्दी 
आफैंले म आफूलाई, थुक्न चाँहिन  

बेचेर इमान धर्म, नीति र निष्ठा 
भार बोकी कुकर्मको, चुक्न चाँहिन 

जूठो खाएर स्वामीको, झूठो भुकाई- 
भुस्याहा कुकुर भई, भुक्न चाँहिन 

भए भै’रहे प्रहार, सहेँ सै’रहेँ 
बालुवामा पानी जस्तो, सुक्न चाँहिन 

डर छैन चोटसँग, खोटसँग छ– 
प्रकाश हो शिव आफै रुक्न चाँहिन । 

बोस्टन, अमेरिका । अगस्त 7, 2010

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !