Saturday, August 7, 2010

गीत - भावनामा हुन्छ देश

शिव प्रकाश


सिमानामा   मात्र हैनभावनामा  हुन्छ  देश
खोजिहेर   मुटु   भित्र,  त्यही  नेर हुन्छ देश ।

नसम्झे  है यो  मनलाई,   पराई    परदेशी
बसेका  छन्  मनभित्र,   तिनै  प्यारा गाउँबेँसी
नविर्सने यो मन कहिले, आफ्नु भाषा आफ्नु भेष
जुन मनमा दुख्छ देश,  त्यै  मनमा रून्छ देश

हुरी  चल्दा  घरदेशमामुटु  काँप्छ   परदेशमा
प्रवासको  वास मेरो,  यो  मन  सधैं स्वदेशमा
लुकाएर  दुःख  पीडा  बसेको  छु  मन्त्र  जपी

जननी  त्यो  जन्मभूमि,  स्वर्गादपि  गरीयसी ।

अगष्ट ०६, २०१०, बोस्टन, अमेरिका ।

2 comments:

  1. "नसम्झे यो मनलाई, पराई परदेशी
    बसेका छन् मनभित्र तिनै प्यारा गाउँबेँसी"

    Liked it.. :)

    ReplyDelete
  2. राष्ट्र भक्तिले ओतप्रोत लयात्मक शैलिको यो सुन्दर राष्ट्रिय गीत लाई पनि स्बर मार्फत प्रस्तुत गर्न सक्नुहोस् , हार्दिक शुभकामना ।
    ( आज भोली यो ब्लग मा दैनिक १-२ पटक आउछु र यहाँ भएका हिर्दस्पी गीत सुन्दै (कम्पुटर मा ठुलो स्बर लगाएर सुन्छु ) काम गर्छु ।)

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !